काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजभोलि नै पानी पर्ने सम्भावना नरहेको जनाएको छ ।  बुधबार मध्यरातमा भने सामान्य खालको मौसम प्रणाली नेपाल छिर्ने र दिउँसो मध्य र पश्चिमी भेगमा मौसम बदली भई सामान्य बर्षा हुनसक्ने मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो अस्तिको तुलनामा कम हुस्सु लागेपनि पूर्वी तथा मध्यतराईमा आज दिनैभरजसो घाम नलाग्ने तर पश्चिम तराईमा भने दिउँसोपछि हुस्सु हट्ने सम्भावना रहेको छ ।

मध्य र पूर्वी तराईमा दिउँसो केहीबेर हुस्सु हटेपनि साँझ फेरि बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।