काठमाडौं । बिज्ञानको संसारमा पछिल्लो समयमा नौलो अविष्कार भएको छ । बालीनालीको रोग पत्ता लगाउन र रोगबाट बालीनालीलाई मुक्त गराउन कस्ता प्रकारका औषधी दिन बिषयमा जानकारी दिने उपकरण त किसानसँग छैंन् । अब किसानले आफै सम्पूर्ण वालीनालीको रोग पत्ता लगाउन र रोगलाई हटाउन औषधी पनि दिन सक्नेछन् । बिज्ञानको संसारमा पछिल्लो समयमा नौलो अविष्कार भएको छ ।

कृषिसहित विभिन्न क्षेत्रमा अत्याधुनिक उपकरणहरु निर्माण गर्दैआएको ट्रिम्बल भन्ने कम्पनीले ग्रीन सिकर भन्ने उपकरण तयार गरी अन्तर्राष्ट्रिय बजारमा ल्याएको हो । छिमेकी मुलुक भारतमा यो उपकरणको प्रवेश भइसकेपनि नेपालमा भने यो उपकरणको प्रवेश गर्न अझै केही समय लाग्नेछ ।

जसरी ज्वरो र बिपी जाँच्न उपकरण गरिन्छ । ठिक त्यस्तै बालीनालीमा कस्ता प्रकारका रोग लाग्यो ? अत्याधिक सिंचाई भयो वा कम सिंचाई भयो ? कति सिंचाई आवश्यक छ ? माटोको अवस्था ? रसायनिक वा अर्गानिक मल पुग्यो वा पुगेन ? कुन वालीलाई कति परिमाणमा कुन मल कुन समयमा हाल्ने ? बालीनालीलाई कस्ता प्रकारका पोषण तत्वको कमी भयो ? जस्ता दर्जनौं समस्याको समाधान एउटै उपकरणले दिन सम्भव बनाएको छ, त्यो हो ग्रीन सिकर ।

ग्रीन सिकरको सहयोगमा अब किसानले आफै बालीनालीको सम्पूर्ण रोग र समस्याको बारेमा जानकारी प्राप्त गरी उपचार गर्न सक्छन् । किसानले समयमै यो उपकरणको सहयोगमा बालीनालीमा लाग्ने वा लाग्न सक्ने रोगव्याधीको बारेमा जानकारी प्राप्त गरी सुरुआतमै उपचार गर्न सक्नेछ ।  बालीनालीमा भएका समस्याको बारेमा अबिलम्ब यो उपकरणले आफ्नो स्क्रिनमा जानकारी गराउन सक्छ ।

कसरी प्रयोग गर्ने ?
यो उपकरणको प्रयोग गर्न पनि सजिलै छ । ग्रीन सिकरलाई कृषि उपज लगाइएको खेतमा बोटबिरुवा र पातमा स्पर्श गराउना साथ आवश्यक समस्या स्क्रिनमा जानकारी गराउँछ । यसमा शेंसर लागेको हुन्छ, जसले बोटविरुवाको सम्पर्कमा आउने वित्तिकै उपकरणबाट रातो रंगको प्रकाश बाहिर निस्किन्छ । यो प्रकाश बोटविरुवामा छुँदै नष्ट हुन्छ, रातो प्रकाश समाप्तसँगै ग्रीन सिकरले आफ्नो स्क्रिनमार्फत् उपकरणमा बोटविरुवामा भेटिने समस्या तत्कालै किसानलाई गराउँछ । यो उपकरणको मूल्य चार सय २५ अमेरिकी डलर(४३ हजार नेपाली रुपैयाँ) पर्छ ।