
काठमाडौं । उखु उत्पादक किसान र चिनि उत्पादक कम्पनीहरु बीच यहि क्रसिङ्ग सिजनका लागि उखुको मूल्य निर्धारणका लागी बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
मिलगेट उखु उत्पादक संघका अध्यक्ष बेद बहादुर बुढाथोकीले गत वर्षको मुल्य भन्दा यस वर्ष बढि हुनु पर्ने दाबी गरे । विगतको तूलनामा किसानको खेतीको लागत बढदै जानु र उद्योगीले चिनिको मुल्यमा वृद्घि गर्दै लगेकोले उखुको मुल्यवृद्धि हुनुपर्ने भन्देै उद्योगीहरुले लागतलाई उचित सम्बोधन गदै कृषकलाई उखु खेतिमा आकर्षित गर्नुपर्ने उनको भनाई थियो ।
तर चिनी उत्पादक कम्पनीहरुले भने चिनीको अन्तर्राष्ट्रिय मुल्यमा गिरावट आएकाले किसानको माग अनुसारको मूल्य दिन नसकिने बताउँदै आएका छन् ।
उखु किसानहरुले दिनप्रतिदिनको बढ्दो उत्पादन लागतअनुसार मुल्यबृद्धि गर्नृपर्ने माग गरीएको छ । किसानको लागत मुल्य, खेतको जोताई, रासायनिक मल, कटान, ढुवानी लगायतका सम्पूण खर्च दोब्बर भईसकेको अवस्थामा उद्योगीहरुले उचित मुल्य दिन आनाकानी गर्न नहुने किसानहरुको भनाई छ ।