मध्यपूर्वमा रहेको सानो देश इजरायलको जनसंख्या ८५ लाख ४७ हजार मात्रै छ। चारैतिर दुश्मन राष्ट्रहरूले घेरिएको र पटक- पटक लडाई भइरहने र छिमेकी देशहरु इजरायलको अस्तित्व नै मेट्न लागिपरेका छन्।तर इजरायलले आफूलाई दुश्मन राष्ट्रहरुबाट जोगाउँदै उल्टो उनीहरुलाई चुनौती आफूलाई हरेक क्षेत्रमा बलियो,सशक्त र सक्षम बनाउँदै लगिरहेको छ।

सानो देश भएपनी आज विश्वमा इजरायलको नाम नसुन्ने र यसको बारेमा थाहा नपाएका कमै मानिसहरु होलान्।हातहतियार,प्रविधी,सैन्य शक्ति,कृषि,सामाजिक सुरक्षा लगायत हरेक क्षेत्रमा विश्वमै उत्कृष्ट र नमुना देश हो।६९ बर्षको छोटो इतिहास भएको इजरायलले हरेक क्षेत्रमा चामत्कारिक प्रगति गरेको छ।

आज कुरा गरौं इजरायलको कृषि ( एग्रिकल्चर) क्षेत्रको :

मरुभूमिसँग ठूलो साइनो जोडिएको देश हो इजरायल।इजरायलको ठूलो भूभाग मरुभूमिले ओगटेको छ।इजरायलमा जम्मा २० प्रतिशत जमिन मात्रै खेतीयोग्य जमिन छ र यहि २० प्रतिशत जमिनमा आधुनिक प्रविधी द्धारा खेती गरेर इजरायलले कृषिजन्य उत्पादन आफूलाई खपत गरेर अन्य देशमा समेत निर्यात गर्छ।

करिब ९५ प्रतिशत खाधान्न आफैले उत्पादन गर्ने इजरायलमा जम्मा ३ प्रतिशत भन्दा केहि बढि मात्रै कृषिमा काम गर्छन्।

गोलभेडा,काक्रा,अंगुर,स्याउ,सुन्तला,गहुँ,मकै,आलु,भटमास लगायत अन्य थुप्रै कृषिजन्य उत्पादनहरु उच्च आधुनिक प्रविधीद्वारा इजरायलले उत्पादन गर्छ।

वाइन उत्पादन गर्ने देशहरुको सूचीमा इजरायल विश्वमा ५८ औं नम्बरमा परेको छ।विज्ञहरुका अनुसार वाइन उत्पादनमा पनि इजरायलले निकै ठूलो प्रगति हासिल गरिरहेको छ।

त्यस्तैं व्यवसायिक पशुपालनमा पनि इजरायल अब्बल छ।इजरायलमा व्यबसायिक रुपमा पालिने गाईहरु विश्वमै धेरै दुधालु गाईहरु मध्येमा पर्छन्।

त्यस्तै फूल खेतीमा पनि इजरायल निकै नै अगाडी रहेको छ। यहाँ उत्पादन गरिएका फूलहरु इजरायलमा मात्रै होइन युरोपका ठूलाठूला शहरहरुमा समेत पुग्छन्। इजरायले युरोपमा समेत फूलहरु निर्यात गर्छ।

सन् १९८० को स्वतन्त्रतापछि इजरायलले खेतीमा फड्को मार्न थालेको हो।इजरायली सरकारले कृषि अध्ययन,अनुसन्धानमा निकै नै धेरै लगानी गरेको छ।

आधुनिक कृषि औजार,थोपा सिंचाई प्रविधि,दक्ष जनशक्ति,ब्यबस्थित खेती प्रणालीद्वारा थोरै जमिनमा धेरै उत्पादन,आधुनिक औजारले उत्पादन लागतमा कटौती र कम शाररिक परिश्रम जस्ता थुप्रै कुराहरुले गर्दा इजरायल आज कृषिमा अब्बल देशहरु मध्येमा पर्छ।

सानो देश र कम खेतीयोग्य जमिन भएर पनि इजरायल खेतीको लागी विश्वमै उदाहरणीय बनेको छ भने कृषिप्रधान देश भएर पनि हाम्रो देश नेपाल कृषिमा निकै नै पछाडि परेको छ।उर्वर जमीन,सिंचाइको लागी प्रश्स्त पानी, हरेक प्रकारको खेतीको लागी सुहाउँदो हावापानी,खेतीमा काम गर्नको लागी प्रसश्तै युवा जनशक्ति लगायत सबै कुराको अनुकुल हुँदाहुदै पनि हामी बार्षिक डेढ खर्बको कृषिजन्य उत्पादन आयात आयात गरिरहेका छौ र देशको अर्थतन्त्रलाई निकै नै कमजोर पारिरहेका छौ।

आधुनिक कृषि प्रणाली मार्फत देशमा आर्थिक क्रान्ति ल्याउन सकिन्छ कृषि हाम्रो अर्थतन्त्रको बलियो आधार हुनसक्छ।प्रशस्त सम्भावना हुँदाहुँदै पनि नेपालको कृषि क्षेत्र सबैभन्दा धेरै उपेक्षित छ।

दैनिक विदेशीएका हजारौं युवाहरुलाई रोक्न र तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्र भनेको कृषि क्षेत्र नै हो।सरकारले कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्ने हो भने केहि बर्षमै कृषि उत्पादनमा आयातमुखी नभई निर्यातमुखी नेपाल बन्नेछ र नेपाल र नेपालीको आर्थिक स्तर उकासिने छ।