काठमाडौं । कृषिमा सरकारले गरेको लगानी किसानकहाँ नपुगेको भन्दै कृषि बिकास राज्य मन्त्रि सरिता प्रसाइँले लगानी कहाँ गरिएको हो किसानलाई खोजि गर्न आग्रह गरेकी छन् ।

फ्लोरीकल्चर एशोसियसन नेपालले बिहिवार राजधानीमा गरेको रजत जयन्ती महोत्सब कार्यक्रममा बोल्दै राज्य मन्त्रि प्रसाँईले सो कुरा बताएकी हुन् । सरकारले कृषिमा लगानी गरिरहे पनि लक्षित वर्गसम्म नुपुगेकाले सरकारको काम प्रभावकारी नदेएिको हो । उनले यसकालागी किसान नै चनाखो बन्नुपर्ने सुझाब दिईन् ।

साथै उनले ब्यवस्थापनको कमजोरीले गर्दा किसानले सरकारलाई बिस्वास गर्ने वातावरण नवनेको ठोकुवा गरिन् । फ्लोरीकल्चर एसोसियसनले यसै बर्ष पनि सरकारको तर्फबाट ४ करोड ७० लाखको कार्यक्रम पाएको जनाउँदै राज्य मन्त्रि प्रसाँइले सदुपयोग भए नभएको निगरानी गनुपर्ने बताईन् ।

किसानलाई अत्यावस्यक पर्ने मलमै पनि खरिद ऐनको राजनीति गरेर किसानलाई डुवाईएको दावी गर्दै उनले स्थिर सरकार नबनी हल नहुने बताईन् । ७ वटै प्रदेसमा ७ वटा कोल्डस्टोर राख्ने आँफुले योजना बनाएको उनले बताईन्  ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले आफ्नो रजत जयन्तीको अबसर पार्दै पूर्व कार्यसमिती सदस्य लगायत फ्लोरिकल्चर क्षेत्रमा योगदान दिने ७१ जनालाई सम्मान गरेको छ ।