काठमाडौं। पशुपालनमा पनि कुखुरा पालन एउटा लाभकारी ब्यवसाय हुनुका साथै कम लागतमा गर्न सकिने तथा कम समयमा फाइदा दिने एक मात्र ब्यवसाय मानीन्छ । यो ब्यवसाय संचालन गर्न धेरै ठाउँको पनि आवश्यकता पर्दैन । मुलुकको अर्थव्यवस्थामा कुखुरा पालनको महत्वपुर्ण स्थान छ । यस प्रति मानीसको रुची आदीकाल देखिनै रहदै आएको छ , यो व्यवसाय बाट साना तथा माध्यम वर्गको किसान लाई पुंजी चांडै तथा नियमित प्राप्त हुने गर्दछ ।

कुखुराबाट प्राप्त उत्पादन जस्तै फूल मानिसको शरिरलाई सुमाच्य प्रोटिन उपलब्ध गराउने एउटा प्रमुख श्रोत मानीन्छ । कुखुराको सुली मिश्रीत सोत्तर मलको रुपमा खेत बारीमा प्रयोग गर्न सकिन्छ । करीव ४०–५० वटा कुखुराबाट प्राप्त हुने सुली मिसिएको सोत्तर एक एकड खेती वारीलाई पुग्ने हुन्छ । यसको मलमा नाइट्रोजन , फोस्फोरस तथा पोटासको मात्रा अत्यद्यिक मात्रामा हुने गर्दछ । यो मल हरियो तरकारीको लागि धेरै लाभकारी तथा उब्जनी बढाउने मानिन्छ ।

हाम्रो आफनो परिवेषमा विगत २०–२५ देखि यो व्यवसाय को थालनी ग्रामिण तथा शहर उन्मुख क्षेत्र मा सानो तहमा शुरु भएर आजको स्थीतीमा एउटा सुसंगठित उदयोगको रुपमा विशिक्ष्ट ठाउ बनाएको छ ।

यसका विभिन्न हांगाहरु जस्तै चल्ला उत्पादन , पालन पोषण गर्ने संतुलीत आहार , उपरण तथा रोग निदान नियंत्रण को धेरै विकाश भएको छ । आज भन्न सकिन्छ यो व्यवसाय तथा यस्का उत्पादन मा मुलुक आत्मानिर्भर भएको अवस्था छ । यस व्यवसायबाट धेरै नाफा लीन सहि सहि वैज्ञानिक जानकारी व्यवसायी मा हुनु नितान्त जरुरी हुनु आउछ ।

अव जाडोको मौसम आउदै छ यस वेला कुखुरा को लागि केहि कुराहरुमा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । यदयी ठुला कुखुराले गर्मीको मौसम भन्दा जाडो तुलनात्मक रुपमा सजीलै खटन सकछन ।

ठुला कुखुराको हकमा तीनलाई गर्मीवाट सुरक्षीत राख्न केहि सर्तकता अपानाउनु पर्ने हुन्छ । तर यदि याृ व्यवसाय वाट धेरै फाइदा लीन चाहने हो भने साना चल्ला ल्याउन भन्दा पहिले तथा खोरमा चल्ला हाली सके पछिको बेलामा निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

साना चल्ला लाइ चिसो लाग्न वाट बचाउन , गौस , बु्रडर , वांस को टोकरीको बु्रडर , वोराको बु्रडर , ग्यास , कोइला , दाउराको टुकडा , हिटरको तयारी साना चल्ला आउनु भन्दा पहिले नै गरीनु पर्दछ । पुसको महिनामा अत्यद्यिक जाडो चिसो हुने गर्दछ त्यसैले यो बेला कुखुराको खोरमा तापमान ९५ डाग्री फरेनहाइट हुनु आवश्यक हुन्छ शुरुको हप्तामा ।

त्यसपछि दोश्रो हप्ताबाट चौथो हप्ताह सम्म ५–५ डिग्री तापमान घटाउदै ८० डिग्री फरेनहाइट पु¥याउन पर्दछ । यस वेला साना चल्ला लाई चिसो लागेमा रुघा खोकीजन्य स्वास प्रस्वास संवन्धी रोगले सताउन सकछ यसैले एक देखि दश दिन सम्मका चल्ला लाई टेट्रासाइकलीन १ लीटर पानीमा १ ग्रामको दरले साथै भाइमेराल जस्ता औषधी १०० कुखुरालाई १०–२० एम।एल प्रति पांच लीटर पानीमा दिनु पर्दछ साथै इलेकट्रोलाइट तथा इमुनोकेयर साथै झोल टकसीन वाइन्डर एसीडीफायर दिनु बुदद्यीमानी हुन्छ ।

यति वेला स्वास प्रस्वासको समस्या देखिएमा टाइलोसीन दि हाल्नु बुदद्यीमानी न होला । खास गरी जाडोको वेला चल्लाको खोरमा २ घण्टा विहानको घाम पस्ने व्यवस्था अनीवार्य गरीनु पर्दछ । यसैले कुखुराको खार घर वनाउदा यस्को लम्वाई पुर्व पश्चीम पारी वनाउनु पर्छ ।

शीतकालीन मौसमको कुखुराको खोरको व्यवस्थापन ।

ठंडीको दिनमा कुखुराको खोर लाई न्यानो राख्न पहिले वाट नै चनाखो हुनु आवश्यक हुन आउछ । किनकि जव तापक्रम १० डिग्री सेन्टीग्रेड भन्दा कम हुन्छ त्यती वेला घरको झ्यालको शीशामा ओसशीत पर्न थाल्दछ । यस वाट वच्न बु्रडीन्ग को राम्रो व्यवस्थापन त गर्नै पर्छ साथै कुखुराको छानोमा पराल छवाली जुटका वोरा , माटो ले छोपेर राख्न पर्ने हुन्छ ।

साथै खोर वरि।परि को खुल्ला झ्याललाई मोटो वोराले छोपेर राख्ने गर्नु पर्छ जस्ले गर्दा कुखुरा खोरमा चिसो सिरेटो हावा पस्न नवाओस । रातीको वेल झ्यालको जालीलाई लगभग २ फिट तल्लो भाग पर्दा छोप्न पर्छ यस्को लागि खाली दानाको वोरा प्रयोग गर्न सकिन्छ यस्ले गर्दा खोर भीत्रको तापमान बाहिरको भन्दा बढी हुने गर्दछ ।

साथै कुखुरा खोरमा कुखुराको संख्या आवश्यक अनुशार होस घटी बढी चाही नहोस । जाडोको वेला हिटर तथा काठको चुल्हो आवश्यकता अनुशार खोरमा राख्नु पर्दछ । काठ वा कोइला भुसको चुल्हो प्रयोग गरीने हो भने यस्को धुवां निखारनु पर्दछ साथै यस्ले कुखुरालाई डढाउन नपावोस । यस प्रकारका दिइएको थोरै न्यानोले कुखुरा आरामले मात्र वस्दैनन यस्ले कुखुरा खोरको भित्रि वातावरण सुख्खा पनि बनाउन मद्धत गर्दछ ।

शीतकालीन मौसममा कुखुरा खोरको सर सफाई :

जाडोको मौसम शुरु हुन अगावै कुखुराको खोरको पुरानो सोत्तर दानाका वोरा , पुराना दाना आहार , तथा पुराना विग्रीएका पर्दा खोरवाट निकालेर डढाई दिनु पर्दछ । कुखुरा खोर वरीपरी बर्षाको जमेको भए निकाश गराई सुख्खा वनाएर त्यस्तो ठाउमा वील्चीङग पाउडर वा धुलो चुन छर्कन उचीत हुन्छ ।

कुखुराको खोर वरीपरी उम्रेको , घांस , झारपात , झाडी वुट्यान उखेली नष्ट गर्नु पर्दछ । दाना भण्डारराा गर्ने गोदाम कोठा राम्रो संग सफा गरी कपरसल्फेट मिसाएको चुन पानीले भुइतल पर्खाल तथा छानाको तल्लो भाग पोत्नु पर्ने हुन्छ ।

शीतकालीन मौसममा दाना पानी व्यवसथा : 

जाडोको मौसममा दानाको खपत वढने गर्दछ । यदि दानाको खपत यो वेला बढने भने यसको अर्थ यो बुझ्नु पर्छ कि कुनै रोगबाट कुखुरा ग्रस्त छन । जाडोको वेला कुखुराको दानाको भाडामा दाना सधै नै हुनु पर्दछ ।यस मौसममा पानी चिसो हुने हुदा कुखुरा ले पानी कम खाने गर्दछन त्यसैले पानी सधै ताजा दिने गर्नु पर्दछ ।

साथै पानीमा गुल्कोजयुक्त इलेकट्रोलाइट तथा भिटामिन सी साथै स्ट्रेस रोक जस्ता औषधी दिनु उपयुक्त हुन्छ । यस प्रकारले जाडोको वेला माथी भनीए अनुशार पुर्व व्यवस्थापन गरीने हो भने कुखुरा पालकले जाडो वाट कुखुराको उत्पादन क्षमतामा तथा स्वास्थ्यमा पु¥याउने असर वुलैमा नियंत्रणमा मात्र राख्ने छैनन बरु कुखुरा पालनवाट अपेक्षा गरीए अनुशार आम्दानी पनि लीन सकने छन । साथै आफुले लगाउनु पर्ने रोग विरुद्ध को खोप दिन भने विर्सन हुदैन

फार्म अनलाइन बाट