भ्याक्सिनको प्रयोग विभिन्न किसिमका समस्याहरुको तथा फिल्डमा भएका रोग लगाउन सक्ने किटाणुहरुको सम्पर्कबाट उत्पन्न हुनसक्ने विभिन्न रोगहरुबाट रोकथाम तथा न्यूनीकरणको लागि सारै प्रभावकारी हुन्छन् ।

खोप (Vaccine) लगाउनु भनेको विमा गर्नु जस्तै हो । विमामा सम्भावित दुर्घटना वा नोक्सानीबाट वचाउन पहिले केही रकम (प्रिमियम) बुझाईन्छ, जुन थोरै हुन्छ । त्यसैगरी थोरै खर्चबाट हुने भ्याक्सीन प्रयोग गरि रोगलागेपछि हुने ठूलो आर्थिक नोक्सानीलाई वचाउन वा कम गर्न सकिन्छ ।

भ्याक्सिनहरु २ किसिमको हुन्छ ।

१) जिवित खोप (Live vaccine)

२) मृत खोप (Killed vaccine)

जिवित खोपमा भएका विषाणु वा जिवाणुले कुखुरालाई संक्रमण गरि, तिनीहरुको वृद्धि भई रोग प्रतिरोध क्षमता (Immunity) विकास गर्दछ जो त्यस्तै किसिमका फिल्ड भाइरस तथा जिवाणुलाई रोक्न सक्छ । जिवित खोपले प्रभावकारी रुपमा काम गर्न कुखुराको शरीरमा धेरै संख्यामा वृद्धि हुनु पर्दछ ।

त्यसैगरी मृत खोपहरु पनि जिवाणु वा विषाणुबाट तयार पारिन्छ र यिनीहरुको कुखुराको शरीरमा वृद्धि हुदैन । मृत भ्याक्सिनमा प्रयोग गरिएको तेलिय पदार्थले भ्याक्सीनलाई लामो समयसम्म शरीरमा बसि काम गर्न मदत गर्न सक्छ र राम्रो रोग प्रतिरोध क्षमता देखाउँछ ।

जिवित वा मृत भ्याक्सीनहरु सही किसिमले प्रयोग गरिएन भने भ्याक्सीनले काम गर्न सक्दैन । तसर्थ भ्याक्सिनको प्रभावकारीता बढाउन केही सुझाबहरुलाई ध्यान दिनु आवश्यक हुन्छ ।

१. कुखुरालाई तनाव (चुच्चो कोटेको, ठाउँ सारेको, ग्रेडीङ्ग गरेको, जुकाको औषधि) भएको अवस्थामा केही दिन अघि पछि मात्र भ्याक्सीन गर्नु पर्दछ । व्यवस्थापनको क्रममा पर्ने तनावले कुखुराको रोग प्रतिरोध क्षमता घटाउँदछ ।

२. धेरै गर्मीको समयमा भ्याक्सिन प्रयोग नगर्नुहोस् । गर्मीको तनावले कुखुराको रोग प्रतिरोध क्षमता घटाउछ र धेरै तापक्रमले भ्याक्सिनको प्रभावकारीका घटाउँदछ । भ्याक्सीन गर्दा जहिले पनि दिनको सबैभन्दा चिसो समयमा (जस्तै विहान वा वेलुका) गर्नु पर्दछ ।

३. भ्याक्सीनलाई तयार पार्दा धातुको भाँडाहरु (तामा वा एल्मुनियम) को कदापी प्रयोग नगर्नुहोस् । धातुको भाँडाले भ्याक्सीनलाई निस्कृय बनाउन सक्दछ । सदैव प्लाष्टिककोभाँडा प्रयोग गर्नु पर्दछ ।

४. भ्याक्सीन तयार पार्ने तथा खुवाउने भाँडाहरु सफा हुनुपर्दछ ।

५. पानी सफा गर्ने रसाउनहरु (Water Sanitizer) तथा संक्रमणनाशक रसायन (Disinfectant) हरुको प्रयोगले भ्याक्सीनको प्रभावकारीतालाई सुन्यमा झार्छ । तसर्थ भ्याक्सीन दिनु ७२ घण्टा अघिपछि कुनै प्रकारका सरायनहरु प्रयोग गर्नु हुदैन । प्रयोग गरेको छ भने भ्याक्सीन दिनु अघि सफा पानीले राम्ररी पखाल्नु पर्दछ ।

६. निर्मलीकरण गरिएको डायलुयन्ट मात्र प्रयोग गर्ने । साथै जुन कम्पनीको भ्याक्सीन छ सोही कम्पनीको डायलुयन्टमा भएको एकप्रकारको रंग (Dye) ले भ्याक्सीनको प्रभावकारीता घटाउँदछ ।

७. व्लिचीङ्ग पाउडर प्रयोग गरेको पानीले भ्याक्सीनलाई काम नगर्ने बनाउँदछ । नगरपालिकाले वितरण गरेको पानीमा व्लिचीङ्ग वा क्लोरिन प्रयोग गरेको गरेको हुन्छ । यो पानीमा भ्याक्सीनलाई पूर्णरुपमा काम गर्न नसक्ने बनाउँदछ । यदि यस्तो नगरपालिकाको पानी प्रयोग गर्नु पर्ने भएमा कम्तीमा २ दिन खुला भाँडामा राखेर प्रयोग गरेको खण्डमा पानीमा भएको क्लोरीनको अंश उडेर जान्छ र त्यो पानी सुरक्षित रुपमा भ्याक्सीन खुवाउन प्रयोग सकिन्छ ।

८) भ्याक्सीन घोली सकेपछि कम्तीमा १–२ घन्टा भित्र कुखुराले खाईसक्नु पर्दछ अन्यथा भ्याक्सीनको प्रभावकारीता समयसँगै घट्दै जान्छ । भ्याक्सीन घोलेको १ घण्टापछि ५० प्रतिशत विषाणुहरु निष्कृय हुन्छन् ।

९) जुन पानीमा लवण तथा फलामको मात्रा बढी छ त्यो पानीमा छ त्यो पानीमा भ्याक्सीन दिनु हुदैन । त्यो सम्भव नभएमा भ्याक्सीनका सोझै आँखामा÷नाकमा राखिदिने ।

१०) भ्याक्सीनको सन्तुलित विवरण तथा प्रभावकारीता बढाउन स्किम मिल्क पाउडर प्रयोग गर्न सकिन्छ । जो छ ग्राम प्रतिलिटर सफा पानीमा राखी तयार पारिन्छ र भ्याक्सीनलाई पछि मिसाइन्छ ।

११) भ्याक्सीन घोल्दा वा घोली सकेपछि बढी तातो घामको प्रकास आदिबाट राम्ररी जोगाउनु पर्दछ अन्यथा थोरै समयमा भ्याक्सीन काम नलाग्ने हुन सक्छ ।

१२) भ्याक्सीनको भाएलको विर्कोलाई खुला हावामा खोल्दा संक्रमित हावा प्रवेश गर्न सक्छ तसर्थ डायलुयन्टमा भ्याक्सीन घोल्दा निर्मलीकरण गरिएको सिरिन्ज र निडीलको प्रयोग गर्नु पर्दछ ।

१३) सिरिन्ज निर्मलीकरण गरिएको हुनु पर्दछ साथै निडील ठुलो साइजको (कम्तीमा १५–१६ गेज) हुनुपर्दछ अन्यथा भ्याक्सीन निडिलबाट छिर्दा प्रभावहीन हुन सक्छ ।समयसमयमा भ्याक्सीन फेलुयरको कुराहरु उठ्छ जसमा सबैभन्दा दोषी भ्याक्सीनको गुणस्तरलाई लगाइन्छ तर यसमा धेरै कुराहरु विचार पु¥याउनु पर्दछ ।

जीवन विमा जस्तै, भ्याक्सीनको प्रयोग रोकथामको लागी भएतापनि जब रोगले आक्रमण गर्छ त्यो अवस्थामा हामीले गरेको भ्याक्सीनेसन (विमा) ले क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ ।

-फार्म नेपाल बाट