सोनु सागर बिष्ट

गहुँ विश्वको पहिलो र नेपालको तेस्रो प्रमुख खाधान्न बाली हो| नेपालमा सबै भन्दा पहिले वि.सं २०२७ सालमा  आर.आर २१ जातको गहुँ सिफारिस गरिएको थियो | गहुँबाली उत्पादनमा बंशाणगत परिवर्तनन भइ ब्यबस्थापकिय विधिको प्रयोग गरि कम उत्पादन लागतमा बढी उत्पादनतर्फ केन्द्रीत प्रणालीलाई गहुँ सघनिकृतप्रणाली भनिन्छ| यसप्रणाली अनुसार गहुँको बिउको अंकुरण आएपश्चात टाढा टाढा लाइनमा रोपेर बढी गाजहाल्न प्रेरित गरिन्छ |

यो विधि प्रयोग गर्दा बीउको मात्रामा निकै कटौती हुने, पानी कमआबश्यक पर्ने, फैलिन प्रसस्त ठाउँ पाउने, सूर्यको प्रकाश बढी उपयोग हुने, रोगकिरा कम लाग्ने, दानाको संख्यामा बढ्ने र मललाइ प्रयोग गरिने भएकाले मलको मात्रा कटौती हुन्छ| यो विधिको प्रयोग गरेर गहुँको खेती गर्दा ५०-९०% सम्म उत्पादन बढाउन सकिन्छ |

सघनिकृत प्रणालीका सिद्धान्तहरु

  • बीउ उपाचार : बीउ उपचार गर्दा सबै भन्दा पहिले भौतिक उपचार गरिन्छ जसका लागी २० लिटर मनतातोपानी बनाएर माटोको भाडोमा राखी १०मिनेट जति छोड्ने र उक्त भाडोमा ४ लिटर गाईको गहुत, ६ किलो राम्ररी तयार भएको मल राखेर राम्रो संग हातले चलाउने र त्यसलाई ८-१० घण्टा त्यसतै राखी छायाँमा  राखेर सुकाउने| भौतिक उपचार पछि बीउ लिएर सायनिक उपचार गरिन्छ| यसका लागि २ ग्राम bavistin/ capton/ thiram प्रति किलो बीउको दरले मिसाई पुन: ८-१०घण्टा घाममा सुकाईन्छ| रासायनिक उपचारपछि जैविक उपचार गरिन्छ | यसमा सर्वप्रथम १०%( १०० ml पानीमा १० ग्राम चिनी )चिनीको झोल बनाईन्छ र उमालिन्छ| सेलाई सकेपछि २० ग्राम जैविक मल प्रतिकिलो बीउको दरले उपचार गरिन्छ र३-४ घण्टा छायाँमा सुकाईन्छ|
  • बीउकोअंकुरण:यस प्रणालीमा गहुँलाई उम्रि सकेपछि मात्र छरिने हुनाले८-१०घण्टा बिउ भिजाएर ४घण्टा छायाँमा सुकाएर छरिन्छ|
  • जमिनतयारी:गहुँ लगाउनु १५-२० दिन पूर्ब जमिनलाई राम्रो संग२-३पटक जोत्नु पर्दछ र प्रतेक जोताई पछि समम्याउनु पर्दछ|
  • मलखाद्:यस विधिमा प्रांगारिक मलमा जोड दिईन्छ| राम्ररी तयार भएको मल १५-३० टन प्रति हेक्टरका दरले प्रथम्जोताईको बेला प्रयोग गरिन्छ| रासायनिक मल राख्दा युरिया १५३किलो, डी.ए.पी१०८किलो, पोटास८३किलोर२०किलो Zinc Sulphate प्रतिहेक्टर का दरले प्रयोग गरिन्छ| युरिया ३ चरणमा प्रयोग गर्नु पर्दछ;गहुँ छर्ने बेला ६७ किलो र बाकीं ४३ र ४३ किलो प्रतिहेक्टर प्रथम्र तृतीय गोडाई पछि छरीन्छ|
  • दुरी:माटोमा मलको मात्रा हेरी१० cm*२०cm , २०cm *२०cm को दुरी कायम गरी लाईनमा३-५ cm गहिरो रोप्नू पर्दछ| यस विधि बाटल गाउदा seed drill machine को प्रयोग पनि गर्न सकिन्छ|
  • सिचाई तथा गोडमेल:गहुँ रोपको १५, २५, र४५दिनमा राम्ररी सिंचाई गर्नु पर्दछ| सिंचाई गरेको ५दिन पछि गोडमेल गरिन्छ| यस प्रणाली आनुसार गहुँल गाउदा १५, २५, ३५, ४५, ६०, ८०, र १००दिनमा गरी ७ पटक सिंचाईको आबश्यकता पर्दछ|