आरति जोशी

पानी परे संगै माथिल्लो पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा धानको बीउ छर्ने प्रक्रिया सुरु भइ सकेको छ । चैत्रबाट नै बर्सिन थालेको झरीसंगैको असिनाले गहुँ उत्पादनमा केहि असर पुर्याए तापनि यो वर्ष गहुँको उत्पादन ८.५ ले बढ्ने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ ।

मौसमविदहरुका अनुसार योपालि मनसून ढिलो सुरु भएको छ । पूर्वी जिल्लाहरुलाई छोई सकेको मनसून पश्चिमी जिल्लाहरुमा पुग्न भने अझै केहि समय लाग्ने छ ।

हावा लाग्ने, आकाश गर्जिने र फाटफुट छिटामात्र परिरहेको मध्यपश्चिम र सुदूरपश्चिमलेली जिल्लाहरुका, सिंचित ठाउँका किसानहरुले विउ छरे तापनि सिचाई सुबिधा नपुगेका ठाउँमा भने अझै वीउ छरी सकेको छैन । सिचाईको सुबिधा नभएको र मनसूनको ढिलो आगमनले वीउ छर्न समस्या भएको यहाका किसानहरुको भनाइ छ ।

सिचाई मात्र नभई उन्नत वीउहरुको असहज उपलब्धता, मलको अभाब, परम्परागत कृषि प्रणालीमा सिमित ज्ञान, आधुनिक कृषि प्रणालीप्रतिको अनविज्ञता, रोग र किराहरु, उचित परामर्शको अभाव आदि नेपालको मुख्य बाली धानमा देखीदै आएका समस्यामा हुन् ।

युवा शक्ति विदेशिने, खेतीयोग्य जमिन बाँझै रहेने, पर्याप्त जलमल नहुने भएका कारण वर्षेनी खेतीयोग्य जमिन घटदै गएको कृषि विभागको तथ्यांकले जनाएको छ । आर्थिक वर्ष ०६७र६८ मा १४ लाख ९६ हजार चार सय ७६ हेक्टर जमिनमा धान खेती भएको जसमा ४४ लाख ६० हजार दुई सय ७८ टन उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०६८र६९ मा १५ लाख ३१ हजार चार सय ९३ हेक्टर जमिनमा भएको धान खेतीमा ५० लाख ६७ हजार दुई सय ४९ टन उत्पादन भएको थियो भने आर्थिक वर्ष ०६९र७० मा १४ लाख २० हजार पाँच सय ७० हेक्टर जमिनमा धान लगाइएमध्ये ४५ लाख, चार हजार पाँच सय ३ टन उत्पादन भएको थियो ।

त्यस्तै ०७०र७१ मा १४ लाख ८६ हजार नौ सय ९५ हेकटर जमिनमा खेती भएकोमा ५० लाख ४७ हजार ४७ टन धान उत्पादन भएको थियो र गत आर्थिक वर्ष ०७१र७२ मा १४ लाख २५ हजार तीन सय ४६ हेक्टरमा धान खेती भएकोमा ४७ लाख ८८ हजार ६ सय १२ टन धान उत्पादन भएको नार्कको तथ्याङ्क छ ।

त्यस्तै, नेपालको खाद्यान्न उत्पादनमा झ्ण्डै आधा हिस्सा ओगटेको धानबालीमा मौसम परिवर्तनको असर प्रतक्ष्य देखन सकिन्छ । नेपाली किसानले केही वर्षयता मौसम परिवर्तनको चर्कै समस्या बेहोर्दै आएका छन् ।

गएको वर्षहरुमा मौसम परिवर्तनका असर स्वरुप बाढी, पहिरो र सुक्खा बढी देखिए । यसले गर्दा एकातिर किसानको लगानी डुब्ने र अर्को्तिर अर्बौंको धानरचामल आयात गर्नु परिरहेको छ। यो अवस्थामा किसानले सुक्खा सहन सक्ने तरहरा–१, हर्दिनाथ–२, सुक्खा–१ देखि ६ सम्मका धानका जातहरू लगाउन थालेका छन् ।

स्वर्णासव–१ र सम्मा मन्सुली सव–१ डुवान सहन सक्ने धानका जात हुन् । १५ दिनसम्म खेत डुवानमा परे पनि यी धान जराबाट पलाउँछन् । तर यी दुई जातले सुक्खा सहन सक्दैनन् । सुक्खा–६ जातले सुक्खा र बाढी दुवै सहन सक्छ । मौसम परिवर्तनको यस्तो प्रतिकुल स्तिथिमा किसानहरुले, जुनसुकै वेला अन्अपेक्ष्यित समस्याका लागि तयार भएर बस्नु पर्ने अवस्थामा धानबालीका लागि भरपर्दो सिंचाइको व्यवस्था गर्नुको विकल्प छैन । तर नेपालमा बाह्रै महीना सिंचाइ हुने क्षेत्रफल करीब २५ प्रतिशत जति मात्र छ ।

नेपालमा धानको उत्पादन बढाउन सिचित क्षेत्रहरुको विस्तार गर्नु नितान्त आवश्यक छ । नेपाल सरकारले सिचाई नपुगेको ठाउमा टुयूब वेल निर्माण गर्न अनुदान दिने भए तापनि, कृषकहरुले सो सेवाको उचित फाइदा उठाउन सकेका छैनन् ।

कृषि सेवाहरुको प्रसारमा भएको कमीका कारण, सरकारदृरा कृषि प्रसार व्यवस्थामा सम्बर्धन गरि, सरकारबाट प्रदान गरिने सेवाको फाइदा हरेक कृषकले उठाउन सक्ने गरि सो क्षेत्रलाई सुगठन गर्नुपर्ने आवश्यता छ ।

सिंचित क्षेत्र बढाउदै गएमा चैते र हिउदे धान खेती गर्ने क्षेत्र विस्तार गरि धानको उत्पादन सहजै बढाउन सकिन्छ । असारे धान बलिले मात्र थेग्न नसकेको देशको मागलाई, चैतेधान र हिउदे धान गरि बर्षैभरि खेति गर्दा निर्यात गर्न मिल्ने गरि उत्पादन लिन सकिन्छ । जमिन बढाएर उत्पादन बढाउन नमिल्ने अहिलेको स्थितिमा, खाद्यसुरक्षाका दृष्टिले चैते र हिउदेधानलाई वरदान मान्न सकिन्छ ।

चैते धान लगाएका बेलामा मौसम राम्रो हुने, रोग र कीरा कम लाग्ने, रासायनिक मलको सदुपयोग बढी हुने, सुर्यको प्रकाश धेरै पर्नुका कारण उत्पादन बढने हुनाले बर्षे बालीको तुलनामा बढी उत्पादन लिन सकिन्छ । माघमा रोपी जेठमा काटिने हिउँदेधानले बाली पाक्ने समयमा बढी सुर्यको प्रकाश (सोलर रेडिएसन) पाउने भएकाले यसको उत्पादन चैतेधानको भन्दा पनि बढी हुन्छ ।

चैते धानको एउटा समस्या भनेको असारमा गएर पाक्ने हुनाले धानबाली काटी समेट्न अति गाह्रो हुन्छ । अन्य देशहरू चामल मिलमा, काटेको धान सुकाउन ड्राएर मेसिनको प्रयोग गरेको पाइन्छ । त्यस्तै प्रविधि नेपालमा पनि अपनाउन सकेमा पाकिसकेको धानले बर्षका कारण क्षती ब्यहरर्नु पर्थेन ।

त्यस्तै, सिचाई सुबिधा नपुगेका ठाउमा सुख्खा धान खेति प्रविधि अर्थात् डाइरेक्कट ड्रआइ सीड़ेड तरिकाबाट पनि खेति गर्न सकिन्छ । यस प्रविधिमा थोरै पानी चाहिने, बेर्ना सार्नु नपर्ने भएकाले खेताला कम लाग्ने, थोरै खर्चमा काम हुने फाइदासंगै वातावरनिय हिसाबले समेत उपयुक्त मानिन्छ । हिलाम्मे गर्दा हानीकारक मिथेन ग्यास निस्किने र जमिन कडा बन्ने समस्यालाई यस प्रविधिले सजिलै निराकरण गरिदिन्छ ।

चाडो हुर्किने र चाडो पाक्ने जातहरु यस प्रविधिका लागि उपयुक्त मनिन्छन, जस्तै हर्दिनाथ १, सुख्खा १, सुख्खा २, सुख्खा ३, तरहरा १, राम धान, सावित्री, सम्बा सुब, सोना मसुली, गोरखनाथ, राजा, लोकनाथ ५०५ जातहरु तराई र भित्रि तराईका लागि उपयुक्त छन् भने खुमाल ८, खुमाल ४, खुमाल १० मध्य पहाडी भेगका लागि उपयुक्त छन् ।

धानलाई प्रस्शत मात्रामा मल दिनु पर्दछ । प्रांगारिक मल ६ मेट्रिक टन प्रति हेक्टर र १०० स् ३० स् ३० किलोग्राम नाइट्रोजन, फोसफोरस र पोटाश प्रति हेक्टर सिफारिस गरिएको छ । रोपाइँ गरिने मुख्य खेतमा अन्य मलका साथै प्रशस्त कम्पोष्ट मल वा ढैंचाजस्तो हरियोमल प्रयोग गरेर दिगो रूपमा माटोको स्वास्थ्य कायम गरि धानको उत्पादन बढाउन सकिन्छ ।

धानबालीमा टपड्रेस गरेको युरियाबाट ६० देखि ७० प्रतिशत नाइट्रोजन चुहिएर, बगेर, उडेर जाने हुनाले एकीकृत पोषकतत्व व्यवस्थापनका लागि जोड दिइनुपर्छ । जीङक्  तत्वको कमि प्रायः पुरै देश भरि नै देखिन्छ । यस तत्वको कमीले इन्टर भएनल कोलोरोसीस, अर्थात् पातको नसाहरु पहेलिने, पातको आकार सानो हुने, खैरो रंगको पात हुने जस्ता लक्षण विरुवामा देखिन्छन । त्यही भएर सिफारिस गरिएका मल संगै २५(३० किलोग्राम जीङक्  सल्फेट धान रोप्नु भन्दा आघि हाल्नले खैरा रोगबाट जोगिन सकिन्छ । त्यस्तै अजोल्ला, अजोस्प्रिल्लुम, स्यूडोमोनस फ्लुरोस्सेन्स जस्ता जैविक मल को प्रयोग गरि उत्पादन बढाउन सकिन्छ ।

उचित प्रविधि, शिक्षा र नया धानको जातहरु उपलब्ध भएसंगै नेपालमा चैते, वर्षे, हिउँदे (बोरो) गरी वर्षैभरि धानखेती गर्न सकिने सम्भावना छ । ७५ मध्ये नेपालको ७३ जिल्लामा धानखेती हुने गरेको भए तापनि चामलमा बढ्दै गएको परनिर्भरताले धानखेतिमा अहिलेसम्म गरिएका प्रयासहरु अपर्याप्त रहेको जनाउदछन् ।

चालु आर्थिक वर्षको आघिल्लो नौ महिनामा मात्रै १८ अर्ब ५० करोड बरावरको चामल आयात गरिएको व्यापार तथा निकास प्रबर्धन केन्द्रले जनाएको छ । यो संख्या गत वर्ष नौ महिनाको अवधिभन्दा १ अर्ब ९४ करोडले बढी हो ।

मुख्य बाली धानलाई कृषि भावी आयोजन (अग्रीकल्चर प्रोस्पेकटिभ प्लान( ब्एए), जस्ता ठुला परियोजनाले मुख्य केन्द्रमा राखे तापनि धानले सोचे अनुसारको गति पाउन सकेन । हाल चली रहेको प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजनाले समेत धानलाई विशेष प्राथमिकतामा राखेको छ । उचित परिणाममा धान उत्पादनमा बृदि गरि नेपाललाई धानमा २०१७र१८ वर्ष्भित्रमा आत्मनिर्भर बनाउन अघी सरेको प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजनाले कृषकहरुलाई आधुनिक प्रविधिसम्वन्धि जानकार गराउदै आफ्नो सुपर जोन तथा जोन धारणालाई देशभर अघि बढाइ रहेको छ ।

झापालाई धानको सुपरजोन र बर्दिया, कन्चनपुर, सर्लाही, कपिलवस्तु र प्युठानलाई चाही जोन भनी घोषणा गरेको छ । यो परियोजना अन्तर्गत जोन अथवा सुपर जोन क्षेत्रका किसानहरुलाई आधुनिक उपकरणहरु खरिद गर्न ८५५ सम्म अनुदान प्रदान गर्ने भनिएको छ । भर्खरमात्र आरम्भभएको प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना आफ्नो लक्ष्यमा पुग्न कतिको सम्म सक्ष्यम् हुन्छ भन्ने कुरा हेर्न बाकी छ ।

नेपालको अर्थतन्त्रमा असर पर्ने र सबै भन्दा बढी खपत हुने मुख्य खाध्य बाली धानले पुर्याइरहेको देनलाई मध्यनजर राखी, हामीले धानबालीलाई के–कस्तो प्राथमिकता दिएको छौं, सोको मूल्यांकन गर्नु आवश्यक देखिन्छ । विकसित देशहरुमा खेती गर्ने किसानलाई मल, बीउ, सिँचाईमा अनुदान र कृषि बीमाको व्यवस्था हुन्छ ।

नेपालमा अनुदान व्यवस्था भए तापनी, लक्षित कृषकहरुले त्यस्को सहि उपभोग गर्न सकेका छैनन् । त्यस्तै विकसित देशमा सरकारले कुनैपनि अन्न रोप्नु भन्दा पहिले नै अन्नको न्युनतम खरिददर तोकिदिएको हुन्छ । त्योभन्दा कम मूल्यमा बेच्नुपर्ने अवस्था आएमा किसानको अन्न सरकारले किनिदिने भएकाले कृषि पेसा आकर्षित भएको छ । तर सरकारले खाध्यान्नको उचित मुल्य तोक्न नसकेका कारण कम मुल्यमा उत्पादन बेच्न बाध्य भएका किसानहरुका लागि उचित कार्यक्रमहरु कार्यन्वयन गर्न सकेमात्र देश आत्मनिर्भरतातर्फको एक खुड्किलो चढ्ने थियो ।