काठमाडौं । पछिल्लो समय बजारमा नक्कली सामानको बिगबिगी बढेको छ । उपभोक्ताहरुलाई उक्त नक्कली सामानले हैरान बनाएको छ । बजारमा दुरुस्त पाइने सामानहरु किन्दा उपभोक्ताहरु झुक्किने गरेका छन् । पछिल्लो समय बजारमा आएको अण्डाले त झनै ग्राहकहरुको टाउको नै दुख्ने गरेको छ ।

चीन तथा भारतमा यस्तो खालको अण्डा भित्रिएको समाचारहरुमा उल्लेख भएका छन् । चीन तथा भारतमा आइसकेको अण्डा नेपालमा पनि भित्रने सम्भावना उत्तिकै रहेको छ ।

बजारमा आएका उक्त अण्डाहरु सक्कली अण्डाजस्तै रहेका छन् । हतपत्त उक्त अण्डालाई कसैले पनि नक्कली भन्ने आँट नै गदैनन् । तर, ति बजारमा आएका नक्कली अण्डाहरु केही हिसावले फरक त छन् नै ति फरकपन कसरी छुट्याउने त ?

बजारमा आएका ती नक्कली अण्डाको चमक धेरै छ । सक्कली अण्डाको तुलनामा त्यसको चमक बढी हुने भएकोले त्यसलाई चिन्न सकिन्छ । त्यस्तै, नक्कली अण्डाको माथिल्लो भाग खस्रो रहेको हुन्छ ।

अर्को चिन्ने तरिका भनेको अण्डालाई हल्लाएर चिन्ने हो । यदी नक्कली अण्डालाई हल्लाइयो भने त्यसबाट आवाज निस्कन्छ । सद्दे सक्कली अण्डाबाट आवाज आउँदैन । शंका लागेको अण्डालाई फुटाएर हेरियो भने सक्कली अण्डामा पँहेलो भाग र सेतो भाग अलग–अलग हुन्छ भने नक्कली अण्डामा मिसिएको हुन्छ ।