भोजपुर ।  यस वर्ष समयमा वर्षात भए पछि पुर्वी पहाडी जिल्ला भोजपुरका कृषकहरु हर्षित भएका छन् । धान खेतीको लागि उर्वरभुमी मानिने भोजपुरमा विगतका वर्षहरुमा समयमा पानी नपर्दा कृषकहरु निकै नै चिन्तित हुने गरेका थिए ।यसरी समयमा पानी परेको र कृषकलाई विभिन्न उन्नत जातको विउ विरतरण गरेकोले यस वर्ष धान उत्पादन बढ्ने कृषि कार्यालयको भनाई छ ।

भोजपुर जिल्लाको कुल क्षेत्रफलको १९ हजार १० हेक्टर क्षेत्रफलमा धान खेती हने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । १ हजार ६३ हेक्टर खेती योग्य जमिन वाझिएको छ ।

धान खेती हुने क्षेत्र मध्ये ११ हजार ८ सय २० हेक्टरमा आकासे पानीको भर पर्नु पर्ने किसानको वाध्यता रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ  । अन्य वाकी क्षेत्रमा भने १२ महिना नै पानी हुने गर्दछ  । गत वर्ष भोजपुरमा ४९ हजार १ सय २६ मेटीकटन धान उत्पादन भएको तथ्याङ्क रहेको छ । जिल्लाको ७ सय ४७ हेक्टरमा हिउदे र वर्षे धान हुने गर्दछ भने अन्य ठाउमा वर्षे धान हुन गर्दछ ।