काठमाडौ। आज जुन १ अर्थात १७ औँ विश्व दूध दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईदै छ । नेपालमा दुग्ध क्षेत्रको प्रबद्र्धनः आर्थिक र सामाजिक रुपान्तरण नाराका साथ यो दिवश मनाइदैँ छ ।

दुग्धपानको महत्व दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवशको रुपमा मनाइदैँ आइएको छ ।

विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्रा्ष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । यो दिवश नेपालमा मनाउन लागिएको सातौँ पटक हो ।

नेपालमा उत्पादन भइरहेको दूधको उत्पादन दर भन्दा मागको दोब्बरले वृद्धि हुने गरेको पाइएको छ ।

नेपालमा दूध उत्पादनको वृद्धिदर ६ प्रतिशत र माग १२ प्रतिशत रहेको पशु सेवा विभिगले जनाएको छ ।
सहरी क्षेत्रमा दूध अभाव छ, भने गाउँगाउँका कृषकले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । दूध संकलन केन्द्रको अभावमा कृषकले उत्पादन गरेको दूधले उचित मूल्य नपाएको हो ।

विश्व दूध दिवशको अबसरमा विभिन्न सरोकारवाला निकायको सहकार्यमा राष्ट्रिय दुग्ध विकास बोर्डले आज विविध कार्यक्रमको आयोजना गरेको छ ।

हरेक वर्ष वोर्डको अगुवाइमा नेपाल डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएनल, पशुसेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, दूग्ध विकास संस्थानलगायतले सयुक्तरुपमा दिवस मनाउँदै आएका छन् ।