काठमाडौं। आसन्न स्थानीय निर्वाचन नजिकिदैं गर्दा बर्षभरी कृषिको क भनेर उच्चारण गर्न नमान्ने राजनीतिक दलहरु किसानको मत तान्न अहिले विभिन्न प्रकारको प्रलोभनसहितको मुद्दा समावेश गरी घोषणापत्र सार्वजनिक गर्न थालेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पाटीले कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकिकरण र यान्त्रिकरणका लागि प्रत्येक गांउपालिका र नगरपालिकामा बिशिष्ठताको आधारमा कृषि क्षेत्र बिकास योजना कार्यान्वन गरिने उल्लेख गरेको छ ।

गांउपालिका र नगरपालिकाको संभाव्यता अध्ययन गरि एक गांउ-एक नगर एक उत्पादन अभियान कार्यक्रम संचालन गर्ने मुद्दा उठाएको छ । संगठित र संस्थागत कृषि व्यावसायलाई प्रोत्साहन गर्ने भन्दै राप्रपाले उत्पादकत्व अभिबृद्धिका लागि साना सिंचाई योजनाहरु कार्यान्वयनमा ल्याइने घोषणा गरेको छ ।

हरेक प्रत्येक गांउपालिक र नगरपालिकामा कृषि उत्पादन बिक्रि वितरणमा सहयोग पुग्ने गरि कम्तिमा एक स्थानमा हाटबजार स्थापना गर्ने उल्लेख गरेको छ ।

गांउ र नगरपालिका क्षेत्रमा अर्गानिक कृषिलाई प्रोत्साहित गर्ने भन्दै गांउ र नगरपालिकामा गौं पालनलाई व्यापक रुपले प्रोत्साहित गरिने तथा व्यावसायिक रुपमा गौं पालन गर्नेलाई स्थानीय कर मिनाहा, नि शुल्क पशुविमा र सहुलियतमा ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

यस्तै व्यावसायिक रुपमा पशुपंक्षी र कुखुरा पालक किसानहरुलाई समेत उक्त सुविधा उपलब्ध गराउने राप्रपाले जनाएको छ । गाउंं र नगरपालिकामा सहकारीको माध्यमबाट ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्ने तथा स्थानियस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने पनि योजना राप्रपाले ल्याएको छ ।