सुनसरी । जिल्ला कृषि विकास कार्यालय सुनसरीबाट चालु आर्थिक वर्ष २०७३।०७४ संचालन भएका अधिकाँश कृषि योजनामा व्यापक अनियमितता भएको रहस्य सार्वजानिक भएको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झा सहितको भ्रष्ट मानसिकता भएका कर्मचारीहरु विगत लामो समयदेखी कृषि कार्यालयमा सक्रिय रहेको कारण कार्यालयबाट चालु आर्थिकमा संचालन भएका अधिकाँश कृषि योजनाको नाममा व्यापक अनियमितता भएको रहस्य सार्वजानिक भएको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झा, कार्यालयका सहायक प्रमुख तथा सूचना अधिकारी देवनारायण साह, कर्मचारी मानबहादुर श्रेष्ठ लगायतका कर्मचारीहरुले अधिकाँश कृषि योजनाहरु वास्तविक किसानलाई नदिई सेटिङमा वितरण गरी ति योजनाहरुको नाममा लाखौँ अनियमितता गरेको सुनसरीका किसानहरुले आरोप लगाएका छन् ।

जिल्ला कृषि विकास कार्यालय सुनसरी मार्फत संचालन हुने योजनाहरुमा किसानहरुबाट त्यहाँका शाखा प्रमुख र कार्यालय प्रमुखले घुस नलिई काम नै नगर्ने गरेको एक किसानले नाम प्रकाशित नगर्ने शर्तमा बताए ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीमा सरकारले किसानका नाममा पठाईएको रकम व्यापक दुरुपयोग भई रहेको साविक बविया तथा हाल इनरुवा ९ का किसान लक्ष्मण यादवले गुनासो गरे ।

यादवले भने जिल्ला कृषि विकास कार्यालय सुनसरीमा कर्मचारीहरुलाई घुस नदिई त्यहाँका कर्मचारीहरुले किसानहरुको काम नै नगर्ने गरेको कारण किसानहरु समस्यामा परेको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीले कृषक समूह तथा किसानहरुलाई प्रदान गर्दै आएको अनुदान कार्यक्रममा समेत अनियमितता हुने गरेको सुनसरीका किसानहरुले गुनासो गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीमा किसानका नाममा आएको रकम कामै नगरी कागज मात्र मिलाएर हिनामिना गर्ने र कोठे कार्यक्रम गर्ने चलन पनि सूरु भएको समाचार श्रोतको दावी रहेको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीबाट चालु आर्थिकमा संचालित प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, साना सिंचाई योजना कार्यक्रम, मत्सयपालन विकास योजना, विउ खरिद लगायत कृषि अनुदान कार्यक्रमको नाममा केही सिमित किसानहरुको मिलोमतोमा कार्यालयका प्रमुख राजकान्त झा र शाखा प्रमुखहरुले लाखौँ रुपैँया अनियमितता गरेको समाचार श्रोतको दावी रहेको छ ।

गत आर्थिक वर्ष २०७२।०७३ मा समेत युवा स्वरोजगार लगायत बिभिन्न कृषि अनुदान कार्यक्रमको रकम हिनामिना गरेका कार्यालय सहायक प्रमुख तथा सूचना अधिकारी देवनारायण साह र कर्मचारी मानबहादुर श्रेष्ठले यसपालि समेत सिमित किसानहरुलाई योजना बाँडफाड गरी त्यसबाट लाखौँ रुपैया भ्रष्टाचार गरेको सुनसरीका किसानहरुको आरोप रहेको छ ।

विगत लामो समय देखी जिल्ला कृषि विकास कार्यालय सुनसरीमै कार्यरत्त देवनारायण साहले वास्तविक किसानहरुको समस्या नै नबुझी घुस रकम दिने किसानहरुलाई मात्रै कृषि योजना दिने गरेको श्रोतको दावी रहेको छ ।

यसअघि जिल्ला कृषि विकास कार्यालय सुनसरीमै सहायक प्रमुख रहेका वर्तमान जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झा कार्यालयमा सहायक प्रमुख रहेको बेला कृषि योजनाको रकममा व्यापक अनियमितता गरेको किसानहरुको आरोप रहेको थियो ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीमा राजकान्त झा प्रमुख भएर आएदेखी नै कृषि कार्यालयमा झन बढी ढिलासुस्ती, लार्पावाही र भ्रष्टाचार मौलाउदै गएको सुनसरीका किसानहरुले गुनासो गरेका छन् । यस्तै जिल्ला कृषि विकास कार्यालय सुनसरीमा भएका कामहरुको खर्च विवरणको पारदर्शी शुल्य रहेको पाईएको छ ।

यता जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले कार्यालयबाट संचालित कुनै पनि कृषि योजनामा कसैले भ्रष्टाचार नगरेको प्रतिक्रिया दिएका छन् । प्रमुख झाले कार्यालयबाट संचालन भएका कामहरुको बारेमा चाडै नै पारदशीता समेत गर्ने बताए ।