काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले प्याकेटको आयोडिन नुनमा २ रुपैयाँ र ढिके नुनमा ८० पैसा मूल्य बढाएको छ । कर्पोरेशनले नुनको बिक्रीबाट कम्पनी घाटामा गएकोले मुल्य समायोजन गर्नुपरेको बताएको छ । कम्पनीका अनुसार भाउ बढाउन अघि प्रतिप्याकेट आयोडिन र ढिके नुनको मूल्य क्रमशः १८ र ९ रुपैयाँ थियो ।

मञ्च आन्दोलनमा उत्रने
दैनिक अत्यावश्यक उपभोग्य सामग्री नुनको मूल्य बढाएको भन्दै राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च आन्दोलनमा उत्रने भएको छ ।

मञ्चका सचिव विष्णु तिमल्सिनाले सरकारले हालको उपभोक्ता दिवसको खिल्ली उडाउँदै नुनकोे मूल्य बढाउने निर्णय गरेर उपभोक्ताको ढाड सेक्ने काम भएकोे आक्रोश पोखे ।

“सरकार नारामा भने उपभोक्ताको हितको कुरा गर्छ”, उनले भने “व्यवहारमा ठिक उल्टो छ ।” मूल्य बढ्नुअघिको मूल्य रु १८ रुपैयाँ पनि उपभोक्ताको लागि बढी भएको भन्दै विरोध गरिरहेको अवस्थामा उपभोक्ता तथा उपभोक्ता सम्बन्धित सरोकार संस्थाहरुबीच कुनै छलफल नै नगरी थाहै नदिइ मूल्य बढ्न गएको भनाइ छ ।