सर्लाही।  भारतीय गोलभेंडा भित्रिएपछि सर्लाहीमा गोलभेंडा २ रुपियाँमा विक्रि हुन थालेको छ ।  दश वर्ष यताकै सस्तीएको गोलभेंडाको मूल्य २ रुपियाँ हुँदा किसान मर्कामा परेका छन ।

धेरै मिहिनेत गरेर उत्पादन हुने गोलभेंडा अहिले गोलभेंडा बेचेर टिप्न र ढुवानी खर्च समेत नपुग्ने भएकोले खेतमा जान मन नलाग्ने किसान विन्देश्वर महतोले गुनासो पोखे ।

यस वर्ष गोलभेंडाले भाउ नपाएको र रोप्ने बेला असोजमा पानी परेकोले आफुहरु निराशा भएको समेत उनले बताए । नेपाली गोलभेंडा प्रति केजी ५० रुपियाँमा सजिलै विक्रि हुने तर अहिले भारतीय गोलभेंडा भित्रिएर आफुहरुको दैनिकीमा असर परेको कुरा त्याहाँको किसानले भनेका छन् ।

सर्लाहीको गोलभेंडा काठमाडौँ,पोखरा लगायत नेपालको ठूला सहरमा पुग्छ तर अहिले भाउ घटेकोले किसानलाई दैनिक लाखौ घाटा व्यहोर्न परेको छ । किलोमा १ रुपियाँ घट्दा पनि १ लाख घाटा हुन्छ , यस वर्षको सुरुमै भाउ घटेकोले आफुहरु टाट पल्टिने अवस्था आएकाृे गुनासो महतोले दिए ।  गोलभेंडाको थोक व्यापारी रामदरेश चौधरी भारतीय गोलभेंडा नेपालमा भित्रिकै कारण सर्लाहीका किसान घाटामा परेका हुन भने ।