पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो, जसले गर्दा हाम्रो भोजमा यसको महत्वपूर्ण स्थान रहेको छ । पार्टी सानो होस् वा ठूलो पनिरको हरेक पार्टीको शोभा बढाइदिन्छ । दूधबाट बन्ने भएकाले पनिरमा भिटामिन, क्याल्सियम, फस्फोरस, प्रोटिन, जिंकजस्ता पौष्टिक पदार्थ पाइन्छ ।

यदि पनिर क्रिमयुक्त दूधबाट बनेको छ भने यसमा चिल्लोको मात्रा धेरै हुन्छ तर यदि स्किम्ड दुधबाट बनेको पनिरमा चिल्लोको मात्रा अत्यन्त कम हुन्छ ।

चिल्लोको मात्रा कम भएको पनिरमा ३० ग्राम प्रोटिन, ८ ग्राम कार्बोहाइड्रेट र चिल्लो केवल १ ग्राम मात्र हुन्छ । यही कारणले गर्दा रोगी व्यक्तिले पनि स्किम्ड मिल्क बनेको पनिर सेवन गर्न सक्छन् ।
पनिर कसरी बनाउने ? 
त्यसो त पसलहरूमा तयारी पनिर पाइन्छ तर चाहेको खण्डमा घरमै आफैले पनि ताजा पनिर बनाउन सकिन्छ । राम्रो र नमर पनिर दूध फटाउने तरिकामा निर्भर गर्छ । राम्रो पनिर बनाउन सधै ताजा दूध प्रयोग गर्नुपर्छ ।

एक लिटर ताजा दूध उमाल्ने जब दूध उम्लन्छ आगोको आँच कम गर्नुपर्छ र दूधमा एउटा कागतीको रस निचोरिदिने र दूधलाई बिस्तारै–बिस्तारै चलाउने ।

जब दूध पूर्णरूपले फाट्छ, त्यसमाथि आगोबाट दूधलाई हटाउने र एउटा सफा मलमलको कपडामा छान्ने । फाटेको दूधबाट निस्किएको पानी कुनै भाँडोमा जम्मा हुन्छ र कपडामा बाँकी भएको ठोस पदार्थ रहन्छ । त्यस्सलाई छेना भनिन्छ । यो छेनामा एक गिलास चिसो पानी हाल्ने यसो गर्दा पनिर धेरै मुलायम हुन्छ ।

छेना राखेको कपडाबाट पानी तहकिएपछि यसलाई कुनै भारी वस्तुले चिथिदिने । १०–१५ मिनेटपछि तयार पनिरलाई सुविधानुसार टुक्रा पार्ने र प्रयोगमा ल्याउने ।

दूध फटाउन कागतीबाहेक अमिलो हदी, साइट्रिक एसिड, सिरका र पनिरको पानी पनि प्रयोग गर्न सकिन्छ । एक लिटर दूधका लागि १ ठूलो चम्चा सिरकालाई डेढ कप पानीमा मिसाएर प्रयोग गर्ने । यदि अमिलो दूधले दूध फटाउँदै हुनुहुन्छ भने १/२ कप अमिलो दही प्रयोग गर्न सकिन्छ । यदि साइट्रिक एसिडले दूध फटाउनुपरेमा सानो चम्चा १ लिटर दूधका लागि पर्याप्त हुन्छ । साइट्रिक एसिडलाई पनि १–२ कप पानीमा घोलेर दूधमा मिसाउनुपर्छ ।
यस्तो नगर्नुहोस् 
–उम्लिरहेको दूधमा कागतीको रसस हाल्नाले पनिर कडा हुन्छ ।
फ्रिजमा राखेको दूधलाई फ्रिजबाट निकाल्नासाथ आँचमा राखेर फटाउनाले पनि पनिर राम्रो हुँदैन ।
यसो गर्नुहोस् 
–पनिर मुलायम होस् भन्नका लागि सधै ताजा दूध प्रयोग गर्नुपर्छ ।
–पनिरलाई धेरै क्रिमी बनाउन चाहनुहुन्छ भने पनिरमा एक कप दही मिसाइदिनुपर्छ ।
–दूध मनतानो भएपछि मात्र दूध फटाउनुपर्छ र पनिर राम्रो बन्छ ।
–पनिरबाट निस्केको पानील दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ ।
उपयोगी पनिरको पानीले दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ ।
उपयोगी पनिरको पानी 
–पनिरको पानीको प्रयोग पिठो मुस्न प्रयोग गर्दा रोटी, परौंठा नरम हुन्छन् ।
–कुनै पनि सुप बनाउँदा त्यसमा पनिरको पानी प्रयोग गर्नुहोस् ।
–दाल तथा तरकारी पकाउँदा पनि पनिरको पानीको प्रयोग गर्न सकिन्छ जसले दाल र तरकारीलाई सोचेभन्दा बढी स्वादिष्ट बनाउँछ ।
–पनिरको पानीमा २ चम्चा अमिलो दही मिसाएर राख्ने र भोलिपल्ट यसको प्रयोग कढी बनाउनका लागि गर्नुहोस् ।
–पनिरको पानीमा एक चिम्टी चिनी र पिसेको अलैंची मिसाउनाले पौष्टिक पेय बन्छ ।
–पनिरको पानीमा टुक्रा पारेर काटेको भेंडेखुर्सानी, गाजर र काउली बफाएर निकाल्ने, हिङ र जिराले झान्ने र कागती निचोरिदिने । पौष्टिक सुप तयार हुन्छ ।
–पनिरको पानीमा बेसन घोलेर पकौडा बनाउनाले पकौडा स्वादिष्ट हुन्छ ।
–पनिरको पानीलाई फ्रिजमा राख्ने, दूध फटाउनुपरेमा यो पानी प्रयोगमा आउँछ ।
–पनिरको पानीले फटाएको दूधको रसबरी पनि धेरै स्वादिलो र राम्रो हुन्छ ।
–पनिरको पानी प्रोटिन र क्याल्सियमले पूर्ण छ । त्यसैले यसलाई खेर फाल्नु हुँदैन ।
ताजा पनिर 
पनिरको प्रयोग हरेक मौसममा गर्न सकिन्छ । पनिर धेरै समयसम्म ताजा राख्नका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ ।
–पनिरलाई एउटा भाँडोमा राख्नुहोस् । पनिर डुब्ने गरी पानी भर्नुहोस् । यदि पनिरलाई लामो समयसम्म ताजा राख्नु छ भने भाँडोको पानी सधै फेर्नुपर्छ ।
–पनिरलाई आफूले चाहेअनुसार टुक्रा पारेर एक मिनेट कडा आँचमा सकेर चिसो बनाएर फ्रिजमा राख्ने । यसो गर्दा पनिर बिग्रदैन ।
सावधानी 
–पनिरलाई प्रयोग गर्नुअघि मनतातो पानीमा नुन, बेसार हालेर ५–१० मिनेट राख्ने । यसो गर्दा पनिर तरकारीमा मिसिँदैन ।
–पनिरको तरकारी बनाउँदा अरु तरकारी लेदो बनाइसकेपछि केवल १–२ मिनेट मात्र पनिर यसमा मिसाएर पकाउनुपर्छ । यसो गर्दा पनिरको स्वाद यथावत् रहन्छ ।
पनिरबाट बनेका परिकार 
पनिर सेडविच २ सय ५० ग्राम फाटेको दूधको छोक्रालाई हातले दलेर मसिनो पार्ने । यसमा दुई ठूलो चम्चा पिसेको चिनी मिसाउने । एउटा भाँडोमा १–२ इन्च मोटो तह पारेर राख्ने । यसमा काटेको तरकारी छर्कने त्यसमाथि एक तह मोटो पनिर लगाउने यसरी सबै चीज हालेपछि त्यो भाडोको बिर्को लगाइदिने । यो भाडोलाई प्रेसर कुुकरमा सिटी नलाई १०/१५ मिनेटसम्म स्टिम गर्ने । चिसो भएपछि काटेर सेन्डविचको आकार दिने ।
पनिर रोल 
२ सय ग्राम पनिर, १ सय ग्राम मावा, १ सय ग्राम नरिवल कोरेको ३ ठूलो चम्चा पिसेको चिनी, २ सानो चम्चा कोको पाउडर र २ ठूलो चम्चा वटर, १ ठूलो चम्चा पिसेको चिनी ।
बटर, चिनी र कोको पाउडर मिसाएर फिट्ने । पनिर मावालाई कोरेर नरिवल र चिनीसँग मिसाउने, पनिर मिश्रणलाई रोल बनाएर वटर, कोको मिश्रणले वभर गर्ने । बटरमा फ्रिजमा १५ मिनेटसम्म राख्ने । बटर जमेपछि बीचबाट काट्ने । पेपर कपमा सजाएर सर्भ गर्ने  ।
पनिर स्ट्रा
पनिरलाई हत्केलाले माडेर मसिनो गर्ने ।यसमा अलिकति टुक्रा पारेर काटेको सिमलामिर्च मिसाउने । एक चिम्टी पिनेको मरिच र नुन मिसाउने । ब्रेडस्लाइसको किनारा काटेर त्यसलाई बेल्नाले बेरेर पातलो बनाउने पनिरको मसला ब्रेडस्लाइसमा लगाएर रोल गर्ने । कुनै सफा धागोमा बाधेर २–३ मिनेटका लागि ओभनमा सेक्ने । कुरकुने पनिर स्ट्रालाइृ चियाको साथमा सर्व गर्न सकिन्छ ।
टेस्टी पनिर टिक्का 
२ सय ५० ग्राम पनिरलाई चारपाटे टुक्रामा काटेर २ ठूलो चम्चा भुटेको बेसन, १ सानो चम्चा धुलो खुर्सानी, १ सानो चम्चा अदुवा लसुनको लेदा, २ ठूलो चम्चा दहीलाई मिसाएर फिटने र यो मिश्रणलाई पनिरको टुक्रामा लटपटाउने र सुइरोमा सिउरेर कडा हुने समय सम्म ओभनमा सेक्ने ।
पनिर स्वीट स्क्वायर 
२ सय ग्राम पनिरलाई चारपाटे टुक्रामा काट्ने । ननस्टिक प्यानमा १ सानो चम्चा तेल अथवा घिउ लगाएर पनिरको टुक्रालाई कडा आँचमा १ मिनेट चलाउने जसले पनिरलाई कपडा बनाओस् तर पनिरको रंग परिवर्तन हुने गरी प्यानमा पकाइरहनु हुन्न । १ सय ५० ग्राम चिनीमा १–२ कप पानी हालेर गाढा चास्नी बनाउने । यसमा एक चिम्टी अलैंचीको धूलो मिसाउने । पनिरको टुक्रालाई चास्नीमा हालिदिने र छानिने छान्ने यसो गर्दा धेरै भएको चास्नी छानिन्छ । पनिरमा गुलाबजल हालेर सर्भ गर्न सकिन्छ ।
तपाई आफूले पनि पनिरका विभिन्न परिकार तयार पार्न सक्नुहुन्छ । कुनै न कुनै प्रकारले आफ्नो दैनिक भोजनमा पनिरको सेवन गर्नुहोस् । किनभने पनिरमा पौष्टिक तत्वहरू पर्याप्त मात्रामा पाइन्छ ।

नारी बाट