काठमाडौं। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार राजधानी लगायत देशभरको मौसममा आंशिक बदली देखिएको छ ।

यो क्रम आगामी शुक्रबारसम्म हुन सक्ने महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । बुधबार पनि राजधानीमा आंशिक बदली देखिएको थियो ।

आशिंक बदली हुँदा सामान्य पानी पर्न सक्ने कँडेलले बताइन् । विभागका अनुसार यस अवधिमा ठूलो वर्षा भने हुनेछैन । हरेक वर्ष हिउँदमा पश्चिमी वायु आउने गर्दछ । पछिल्लो समय हल्का जलवाष्प आइरहेको छ ।

आशिंक बदली हुँदा भिजिबिटिली पनि घटेको छ । काठमाडौंको भिजिबिलिटी ६ किलोमिटर रहेको छ । चिसो घट्ने समय हुन थाले पनि आंशिक बदलीका कारण तापक्रम विस्तारै घटेको छ ।