काठमाडौं। सरकारले ल्याएको ‘एक गाउँ विकास समिति एक कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत देशका ७३ जिल्लामा १ हजार २२ जनाका लागि आवेदन माग गरेको छ।

कृषि विकास मन्त्रालयको कृषि विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै देशका ७३ जिल्लाका जिल्ला कृषि बिकास कार्यलय मातहातमा गाउँ विकास समितिमा काम गर्ने गरी अस्थायी पदका लागि आवेदन माग गरेको हो।

विभागले नेपाल कृषि सेवा, नायव प्राविधिक सहायक पदका लागि एक हजार बाइस जना करारमा भर्ना गर्न लागेको हो। आवेदन दिनका लागि आगामी माघ २२ गतेसम्मको म्याद तोकिएको छ। आवेदन दिनेले दरखास्त दस्तुर वापत ३ सय रुपैयाँ बुझाउनुपर्नेछ। आवेदकहरूको लिखित तथा अन्तर्वार्ता गराइ छनोट गरिनेछ।

परीक्षा माघ २९ गते १ बजे सञ्चालन हुनेछ। गाउँगाउँमा कृषि सेवा सम्बन्धि प्राविधिक नहुँदा किसान समस्यामा परेको गुनासोलाई सम्बोधन गर्न सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा एक गाउँ विकास समिति भएका कृषि सेवा प्राविधिक कार्यक्रम पारेपछि कार्यवन्यन गर्न लागिएको हो।