काठमाडौं। पशुपन्छी मन्त्रालयले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको छ । आज शुक्रवार पशुपन्छीमन्त्रालयमा पशुपन्छी सचिव अन्नपूर्णनन्द दासको अध्यक्षतामा मन्त्रालयले गरेका कार्यहरुको प्रगति विवरण पेश गरिएको थियो ।

उक्त अवशरमा पशुपन्छी मन्त्रालयका सह सचिव श्याम प्रसाद पौडेले पशुमन्त्रालयले एक वर्षमा महत्वपूर्ण उपलव्धी हाँसिल गरेको वताए।

आज पशुपन्छी विकास मन्त्रालय स्थापनाको अवसरमा मन्त्रालयले भव्य कार्यक्रम आयोजना गरेर प्रधामन्त्री एवं पशुपन्छी विकास मन्त्रीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम तय गरेपनि दाहाल भने उपश्थित थिएनन् ।

संधै मन्त्री अभाव, सचिवहरुको पटक पटक परिवर्तनले एक बर्षको स्थापना दिवस मनाईरहंदा पशुपन्छी विकास मन्त्रालय टुहुरो मन्त्रालयका रुपमा स्थापित हुन पुगेको छ ।