काठमाडौँ । आम किसानको गुनासो र समस्या समाधान गर्न कृषि विकास मन्त्रालयले सञ्चालन गरेको किसान कल सेन्टर आवश्यक जनशिक्तको अभावमा प्रभावकारी बन्न सकेको छैन । भएको थोरै जनशिक्त पनि भर्खरै सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा खटाइएका कारण किसान कल सेन्टरले प्रभाावकारी सेवा दिन नसकेको हो ।

कृषि विकास मन्त्री गौरीशंकर चौधरीले २०७३ मंसिर २६ गते किसान कल सेण्टरको आकस्मिक अनुगमनमा गर्दा पनि एक जना पनि कर्मचारी भेटिएन ।

किसान कल सेन्टरमा मन्त्री पुग्दा कृषि सूचना सञ्चार केन्द्रका अधिकांश कर्मचारी कार्यालयमा थिएनन् । कल सेण्टर भने बन्द थियो । कृषि कल सेण्टर बन्द देखेपछि कृषि मन्त्री चौधरीले कल सेण्टरमा एक जना कर्मचारीलाई अनिवार्य काममा खटाउन कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुखलाई निर्देशन समेत दिएका थिए ।

मन्त्रीको निर्देशन पनि केन्द्रका प्रमुख मिनप्रसाद बुढाथोकीले तोकिएको दिनमा मात्र कर्मचारी बस्ने बताएका थिए । तर मन्त्रीले हरेक दिन किसानहरुको फोन आउन सक्ने भएकाले त्यसका लागि पनि कर्मचारी अनिवार्य राख्ने मन्त्री चौधरीले निर्देशन दिएका थिए । यसले पनि कर्मचारीको अभावका किसान कल सेन्टरको अवस्था, आम किसानको अपेक्षा र किसानले पाउन प्रभावकारी सेवा प्रभावकारी नभएको पृष्टि गर्दछ ।

ललितपुरको हरिहर भवनस्थित कृषि विकास मन्त्रालय अन्तगर्तको कृषि सूचना तथा सञ्चार केन्द्रबाट सञ्चालन गरिएको किसान कल सेन्टरमा हप्तामा आइतबार, मंगलबार, र बिहीबार ११ बजेदेखि ४ बजेसम्म मात्र किसानले विज्ञसँग गुनासो राख्ने भनिएपनि सरकारी अस्त व्यवस्तताले किसानहरुले पाउने प्रभावकारी सेवाको अपेक्षा कसरी गर्ने ? हप्ताको तीन दिन मात्र किसानको गुनासो लिने सक्ने किसान कल सेन्टरको सरकारी निति र आफनै कर्मचारी बारे बेखबर रहने कृषिमन्त्री चौधरीको अनुगमनले कहिले जाल घाम, सरकारी सेवाको काम भन्ने चरिर्थातले किसानको गुनासो कृषि मन्त्रालयले सम्बोधन गर्ला भनेर कुनै आश गर्ने ठाउँ देखिदैन ।

२०६७ सालमा लिएको टोल फ्री नम्बर १६६००१९५००० पाँच वर्षपछि ६३ हजार ५ सय रुपैयाँ जरिवाना तिर्दै कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलको पालमा सञ्चालनमा ल्याइएको किसान कल सेन्टर यति खेर जनशिक्त अभावमा प्रभावकारी बन्न नसक्दा आम किसानहरु आफना खेती समस्या समाधान गर्नबाट बञ्चित भएका छन ।

अहिले आवश्यक जनशक्ति प्रयाप्त नभएको र भएको जनशक्ति पनि प्रधानमन्त्री कृषि परियोजनामा खटिएका कारण प्रधावकारी सेवामा बाधक बनिरहेको केन्द्रका प्रमुख मिन प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उहाँले किसानको सहभागीता हेर्दै चाडै थप सेवा विस्तार गरिने र समय अवधि पनि वृद्धि गरिने जानकारी दिनुभयो ।

आवश्यक जनशक्तिको अभावमा किसानहरुलाई प्रभावकारी सेवा दिन नसक्दा अपेक्षाकृत रुपमा किसानहरुको गुनासो पनि थोरै मात्रामा आउने गरेको छ । अहिले किसान कल सेन्टरमा दिनको १० कल सम्म किसानको गुनासो आउने गरेको केन्द्रका प्रमुख बुढाथोकीको भनाई छ ।
अवकाशप्राप्त कृषि प्राविधिक, विश्वविद्यालयका विज्ञ एवम् अनुसन्धानकर्ताको ज्ञान र सीपलाई किसान समक्ष पु¥याउन कृषि विकास मन्त्रालयले किसान ‘कल सेन्टर’लाई प्रयोगमा ल्याएको थियो ।

यसअघि कृषि विकास मन्त्रालयले विसं २०२३ मंसिर २५ बाट रेडियो नेपालमा र २०५६ सालमा नेपाल टेलिभिजनबाट कृषि कार्यक्रम सञ्चालनको सुरुवात गरेको थियो । सेन्टरको दैनिक व्यवस्थापकीय कार्य सञ्चालनका लागि कृषि सेवामा कार्यरत वरिष्ठ कृषि अधिकृत एक, प्राविधिक सहायक एक र अन्य एक सहयोगी कर्मचारी खटाएको छ ।

यता किसान कल सेन्टरको कृषि विकास मन्त्रालय र कृषि सुचना केन्द्रले प्रभावकारिता बारे जति दाबी र बहस गरेपनि आमकिसान किसान कल सेन्टर बारे अनभिज्ञ छन् ।