काठमाडौं। सरकारले सहसचिव डा. सुरोज पोखरेललाई सचिवमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वन तथा कृषि समूहमा रिक्त सचिव पदमा पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा पोखरेल, युवकध्वज जीसी र प्रकाश माथेमाको नाम थियो । सिफारिस भएकामा पोखरेल वरिष्ठ हुन् ।