काठमाडौँ। चितवनमा आगामी पुस १५ गते युवा कृषि उद्यमीको सुन्ने र सुनाउने मेरो कृषि उद्यमशीलता कथा राष्ट्रव्यापी प्रतियोगिता आयोजना हुने भएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीको समूह वाइप्यार्ड नेपालले आयोजन गर्न लागेको उक्त प्रतियोगितामा कृषिसम्बन्धी तीन विधाका लेखलाई समावेश गरिनेभएको छ ।

प्रेरणदायी, नवीन र सामाजिक कृषिसम्बन्धी कथालाई प्रतियोगितामा समावेश गरिने आयोजक संस्थाका संयोजकले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा अहिलेसम्म ४० व्यक्तिले नाम दर्ता गराइसकेका छन् । सहभागी तीन व्यक्तिलाई रु २० हजार र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिनेछ ।