
चितवन ।बाख्राको मूल्य श्रृखंलामा क्रियाशिल जिल्ला स्तरिय सरोकारवालाहरु बिचको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले स्थानिय उत्पादनलाई प्रथामिक्ता दिन सहमत भएकाछन् । भारतवाट आउने खसी वोका भन्दा स्थानिय खसी बोकाको सामुहिक बजारीकरण गर्नमा सहयोग गर्ने बताएकाछन् ।
उद्योग बाणिज्य सँघ चितवनको अयोजनामा हेफर इन्टरनेश्नल नेपालको सहयोगमा भएको कार्यक्रममा सरोकारवालाहरुले भारतवाट खसी खरिद गर्नु रहर नभई वाध्यता भएको बताए । मासु व्यवसायी सँघ चितवना निवर्तमान अध्यक्ष उद्धव तिमल्सीनाले भारतवाट खसीवोका खरिद गरेर ल्याउनु आफुहरुको रहर नभई वाध्यता भएको बताए । स्थानिय खसी वोकाको गुणस्तर राम्रो र आवश्यकता अनुसार उपलव्ध भए स्थानिय खसीवोका नै खरिद गर्न व्यवसायीहरु तयार रहेको उनले बताए ।
चितवनमा हेफरको सहयोगमा स्थापना भएका सहकारी मार्फत खसी वोकाको बजारीकरण शुरु भएको जानकारी दिदै हेफर नेपालका क्षेत्रिय प्रवन्धक प्रेम स्याम्व्यूले शिद्धी चण्डिभञ्ज्याँग र कोराक गाविसमा सहकारी मार्फत खसीवोकाको कारोवार भइरहेको जानाकारी दिए । गएको दशैँमा मात्र ति सहकारीले एक हजार ८ सय ४५ वटा खसी विक्री गरी एक करोड ७४ लाख ६४ हजार ८ सय ६० रुपैयाको कारोबार भएको जानकारी दिए ।
जिल्लामा रहेका सरोकारवालाहरुका बिचमा समन्वय गरेर स्थानिय उत्पादनलाई स्थानिय क्षेत्रमै उपभोग गराउन सके उत्तम हुने बताउदै उद्योग वाणिज्यसँघका अध्यक्ष राजन गौतमले चितवनलाई वाख्राको पकेट क्षेत्र बनाउन सकिने बताए ।
जिल्ला पशु सेवा कार्यालय चितवना प्रमुख डा.डिल्लीराम सेढाँईले ग्रामिण क्षेत्रमा सामाजिक पुँजीको निर्माण भईसकेको अवस्थामा पशु पालनवाट आर्थिक पुँजी निर्माणमा लाग्नु सकारात्मक भएको बताए । जिल्ला पशु सेवाले चितवनमा वाख्रा पालनको अवस्था सुधार ल्याउन र बजारीकरणमा समेत सहयोग गर्न कार्यालयले स्थानिय समुहसँग समन्वय गर्दै जाने बताए ।
ग्रामिण क्षेत्रमा समुह वनाई बाख्रा पालनको लागि सहयोग गर्दै आएका स्थानिय संस्था दियालो परिवार नारायणगढका अध्यक्ष केदारनाथ खनालले ग्रामणि क्षेत्रका महिलालाई उत्पादन गर्न सिकेको अवस्थामा अव बजारीकरण कसरी गर्ने भन्ने बिषयमा यस्ता छलफलले महत्वपुर्ण भुमीका खेल्ने बताए ।
चितवनमा वाख्रा पालन कार्यक्रमलाई अगाडी बढाउन महिला समन्वय समिती मार्फत शक्तीखोर र शिद्धी,स्थानिय स्वरोजगार केन्द्र र रुसेकको सहयोगमा कोराक गाविस र दियालो परिवार मार्फत चण्डिभञ्ज्याँगमा कार्यक्रम सञ्चालन भइरहेको छ । खसीवोकाको उत्पादनसँगै स्थानिय स्तरमा सामुहीक बजारीकरणका बिषयमा सरोकारवालाहरु सक्रिय भएकाछन् ।