इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिया खेतीलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन विशेष पहल सुरू भएको बताउनुभएको छ । बुधबार बिहान सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले इलामको पहिचान चियालाई ‘अर्गानिक ’ अभियानमा लगेर विश्व बजारमा पु¥याउन सकेमा इलामसहित देशकै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।चियालाई विश्व बजारमा प्रतिस्पर्धाका लागि जापानको जाइका कम्पनीले इलामका केही चिया बगानको परीक्षण तथा अनुगमन गरिरहेको छ, त्यसको रिपोर्ट आएपछि काम अघि बढ्छ, उहाँले भन्नुभयो ।
इलाम कृषि उत्पादनमा अग्रणी जिल्ला मानिएकाले चिया, अलैँची, अदुवा, ओलन (दुध) लगायतको बजार विस्तारमा समेत पहल भइरहेको उहाँको भनाइ छ ।
एक फरक प्रसङ्गमा उहाँले आगामी एक वर्षभित्रमा तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएकाले यसको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम प्रभावकारी र समावेशी ढङ्गले अघि बढिरहेको उहाँले बताउनुभयो । इलामलाई पर्यटकीय जिल्लाको रूपमा अघि बढाउनुपर्नेमा पनि उहाँको जोड थियो ।