इनरुवा। जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार एक कार्यक्रमको आयोजना गरेर तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिनुभयो ।
पुरस्कृत हुनेमा देवानगञ्जका तरकारी कृषक देवानन्द मेहता, पकलीका च्याउ कृषक दीपक आचार्य र प्रकाशपुरका मौरीपालक कृषक अर्जुन अधिकारी रहेको कार्यालयले जनाएको छ ।
उनीहरुलाई जनही रु दश हजारका दरले नगद र प्रमाणपत्रसहित सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली र कार्यालयका प्रमुख राजकान्त झाले पुरस्कृत गर्नुभएको थियो ।

तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार
अर्घाखाँची। जिल्लाका तीन कृषकले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालयले आज यहाँ आयोजित कार्यक्रममा ती कृषकलाई सो पुरस्कार प्रदान गरेको हो ।स्थानीय विकास अधिकारी लक्ष्मी पाँडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर भुसाल, वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेललले पोखराथोकका अच्युत गौतम, धारापानीका भेषबहादुर नेपाली र अडगुरीका ताराप्रसाद न्यौपानेलाई रु १० हजार राशि सहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
आचार्यलाई उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार
अर्घाखाँचीमा रही कृषि क्षेत्र र यसको विकासका लागि उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार प्रेमनारायण आचार्यलाई कृषि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।कृषि क्षेत्रको समाचार प्रकाशन तथा प्रसारण उल्लेखनीय योगदानपु¥याएबापत उहाँलाई रु पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । जिल्लामा रही विगत १० वर्षदेखि आचार्यले पत्रकारिता गर्दैै आउनुभएका आचार्यले बढ्दो विदेश पलायनलाई रोक्न पत्रकारितामार्फत निर्बाह गर्नुभएको भूमिकालाई महत्वपूर्ण मानिएको छ ।