फाइल तस्बीर : दोश्रो राष्ट्रिय मत्स्य महोत्सव

काठमाडौं । राजधानीमा पाँचदिने माछा महोत्सव तथा परिकार प्रतियोगिता हुने भएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घले भृकुटीमण्डपमा सो महोत्सव आयोजना गर्ने भएको हो ।
सङ्घले आगामी मङ्सिर ९ गतेदेखि तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताको आयोजना गरेको हो । स्वदेशी माछाको बजार प्रवद्र्धन गर्न सङ्घले महोत्सवको आयोजना गरेको बताएको छ । सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीका अनुसार महोत्सवमा माछा, माछाको दाना, औषधि, औजार र उपकरणका गरी ६० ओटा स्टल रहने छन् । महोत्सवमा होटल रेष्टुराँका माछाको परिकार, पहाडी र हिमाली क्षेत्रका माछाको परिकार, आदिवासी, जनजातिका माछाको परिकारको स्टल राख्ने व्यवस्था गरिएको छ । यसैगरी उक्त महोत्सवमा माछा पकाउने विधि, माछापालन गर्ने प्रविधिसम्बन्धी जानकारी पनि गराइनेछ ।