काठमाडौं। सरकार बनेको लामो समयसम्म आफ्नो मन्त्रीहरुबाट सोचेअनरुप काम नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो मन्त्रीहरुसँग आक्रोशित  रुपमा प्रस्तुत भएका छन् ।

सरकारमा सहभागी आफ्नो दलका मन्त्रीका कामकारबाही समेत प्रभावकारी बन्न नसकेको भन्दै प्रधानमन्त्री दाहालले शुक्रबार पार्टीसम्बद्घ मन्त्रीहरुलाई बालुवाटार बोलाएर जिम्मेवारीमा ध्यान दिन आग्रह गरेका थिए ।

किसान संजाल र माओवादी केन्द्व निकट अखिल नेपाल किसान महाँसंघ क्रान्तिकारी केन्द्वसंग निकट्ता बनाउन नसकेको र किसान आयोगको काम अगाडी बढाउन नसकेको जस्ता आरोप मन्त्री चौधरीलाई लगाइएको छ ।

कृषि रणनिती र किसान आयोगको काम अगाडी बढाउन नसकेको र एकलौटि ढँगले काम गरको भनी मन्त्री चौधरीलाइ पुष्पकमल दाहाल प्रचण्डले सम्झाएको निकट सा्रेतले बताएको छ ।