काठमाँडौ। किसानको सम्मान, स्वाभिमान राष्ट्र निर्माण, आर्थिक समृद्धिका लागि कृषिको विकास हाम्रो अभियान भन्ने मूल उद्घोषका साथ नेपालमै पहिलो पटक कृषि टेलिभिजनको आज औपचारिक रुपमा घोषणा गरिएको छ ।

जब सम्म कृषि कर्म गर्ने आम किसानको सम्मान हुदैन तब सम्म कृषि पेशा प्रति आम जनताको अभिरुची पनि हुदैन, कृषि कर्मलाई मर्यादित, सम्मानित र व्यवस्थित बनाउदै राष्ट्र निर्माणका लागि व्यवसायिक कृषि नै मूल आधार हो भन्ने अभिप्रायका साथ कृषि टेलिभिजनको स्थापना भएको हो ।

आज शनिवार एक समारोहका बीच कृषि टेलिभिजनका अध्यक्ष तेजविक्रम थापाले कृषि टेलिभिजनको औपचारिक घोषणा गर्नुभयो ।
कृषि र आम किसानहरुका मुद्यालाई समेटने गरि २०७३ कार्तिक १४ गते लक्ष्मीपूजा आइतवारका दिनबाट ललितपुरको कुमारीपाटीबाट कृषि टेलिभिजनको २४ औ घण्टा परिक्षण प्रसारण सुभारम्भ गरिने अध्यक्ष थापाले जानकरी दिनुभयो ।

उहाँका अनुसार देशैभरी एकै साथ केवल नेटवर्क मार्फत कृषि टेलिभिजनको प्रसारण हेर्न सकिने जानकरी दिनुभयो । साथै स्मार्टफोन मार्फत विश्वको जुनसुकै स्थानबाट पनि हेर्न सकिने छ । यसका लागि स्मार्टफोनमा नेपाली च्यानल एफ डाउनलोड गरि कृषि टेलिभिजन हेर्न सकिने छ ।
अबको केही समय पश्चात कृषि टेलिभिजनको विभिन्न कार्यक्रम लिएर चाडै आउने संस्था अध्यक्ष थापाले जानकारी दिनुभयो ।