काठमाडौं । अर्गानिक उत्पादनको प्रवद्र्धनका लागि ‘पञ्चकन्या अर्गानिक फार्म हाउस’ शनिवारदेखि पानीपोखरी(महाराजगञ्ज)मा बिक्री केन्द्र शुभारम्म गरेको छ ।नुवाकोटको पञ्चकन्या गाविसमा उत्पादित चामल, तरकारी र मल पाइने सो हाउसको जिल्लाका पूर्व सांसद् गणेश पण्डितले शुभारम्भ गरेका हुन् । नेता पण्डितले रसायनिक मलको प्रयोगबाट मुलुकको कृषि उत्पादन र जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको सन्दर्भमा यस्ता कार्यलाई अभियानका रुपमा विस्तार गर्नुपर्ने बताए ।
उनले स्वरोजगारलाई पनि बढावा दिने सो कार्यले जनसमूहको आर्थिक स्थितिलाई पनि मजबुत बनाउने उल्लेख गरे । हाउसका सञ्चालक राम थापाले आठ वर्षअघि आफू गाउँबाट सो अभियानमा लागेको र धुलो–धुँवाले ग्रस्त काठमाडौंलाई अर्गानिक उत्पादन प्रयोगमा प्रोत्साहनका लागि बिक्री केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिए ।उनले सानो थालनीबाट हाल २८६ दिदीबहिनीको समूह परिचालित भई सिङ्गो गाउँ नै अर्गानिक भएको बताए ।