काठमाडौँ। दशौँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीमा रु २५ लाखको कारोबार भएको छ ।
कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपालले यही १० गतेदखि जावलाखेलको फुटबल मैदानमा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको प्रदर्शनीमा आजसम्म रु २५ लाखको कारोबार भएको एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलि शनिबारसम्म हुने उक्त प्रदर्शनीमा रु ३५ लाखको कारोबार हुने लक्ष्य लिएको र अहिलेसम्मको अवस्थालाई हेर्दा लक्ष्य हासिल हुने सम्भाबना बढेको । दीपावली तथा छटपर्वलाई लक्षित गरी आयोजना गरिएको मेलामा ४२ वटा प्रतिस्पर्धात्मक, सूचनामूलक तथा व्यावसायिक कक्ष छन् ।
अहिलेसम्ममा १५ हजारले मेला अवलोकन गरिसकेको मेला संयोजक रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रतिस्पर्धामा प्रथम बनेको सम्झना नर्सरीका सञ्चालक तीर्थबहादुर महर्जनले मेलामा गोदावरी फूल मात्र प्रदर्शनी तथा व्यापारका लागि राखेको बताउँदै दुई दिनमा भएको कारोबारबाट आफू उत्साहित बनेको बताउनुभयो ।
टिटिआर बङ्गलामुखी नर्सरीका सञ्चालक रुद्रकुमार सुनुवारले आफ्नो कक्षबाट बगम्बेली र गोदावरीको कारोबार उच्च रहेको र दैनिक रु ५० हजारभन्दा बढीको कारोबार भएको जानकारी दिनुभयो ।