पाल्पा । जल्पा गाविस–४ मा रहेको ढापडाँडा घडेरी थुम्का सामुदायिक वनका उपभोक्ता समितिहरुले अम्रिसो खेतीबाट आम्दानी लिन थालेका छन् ।अम्रिसो खेती गरेपछि वन क्षेत्र हराभरा तथा त्यसिको भू–संरक्षण समेत भएको छ । उपभोक्ताले तीन वर्षअघि पाँच हेक्टर क्षेत्रफलमा १५ हजार अम्रिसोको बिरुवा रोपेका हुन् । गत आवमा उक्त सामुदायिक वनले रू. दुई लाख आम्दानी गरेको थियो । अम्रिसोको फूल उपभोक्ताले बिक्री गर्नुका साथै घाँस पशुलाई आहाराका रुपमा प्रयोग गर्न थालेका झडेवा इलाका वन कार्यलयका सहायक वन अधिकृत रामगणेश शाहले बताए । स्थानीयवासीले घाँस वनबाट निशुल्क पाउन थालेका छन् ।
अनुत्पादित जग्गामा अम्रिसोसँगै उपभोक्ताले छ हजार तेजपातका बिरुवा समेत रोपेका छन् । स्थानीय बजारमा तेजपातको पात प्रतिकिलो रू. ३० देखि रू. ५० तथा बोक्रा प्रतिकिलो रू.पाँचसयमा बिक्री हुनेगरेको छ । ८३ घरपरिवारका सदस्यले आलोपाले वनको रेखदेख गर्दै आएका छन् ।