नवलपरासी। यस वर्ष नवलपरासीमा धान उत्पादन बढ्ने भएको छ। जिल्ला कृषि कार्यालयले जिल्लामा यस वर्ष जिल्लामा २० देखि २५ प्रतिशतसम्म उत्पादन बढ्ने जनाएको छ। प्रशस्त पानी परेको, समयमा बिउ र मल उपलब्ध भएका कारण धान उत्पादन बढेको कृषि कार्यालयका बाली विकास अधिकृत श्रीधर पौडेलले जानकारी दिए। नवलपरासीमा मनसुली, सावित्री तथा अन्य उत्नत जातका धानको धेरै खेती हुन्छ।
दशैं सकिएसँगै नवलपरासीका किसानलाई अहिले धान काट्ने र थन्काउने चटारो छ। छिटो फसल हुने जातका धान काट्नमा किसान ब्यस्त बनेका छन्। तिहार अघिनै काम सिध्याएर फुर्सदमा तिहार मान्नका लागि धान काट्ने, चुट्ने र थन्क्याउनेमा ब्यस्त बनेका हुन्। नवलपरासीमा ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ।