राजविराज । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक समूहले सप्तरीको पूर्वी भेगका दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ । सो जङ्गली हात्तीको समूहले जिल्लाको भारदह र पोर्ताहा गाविसमा किसानले दर्जनौँ विधामा लगाएको धानबाली नष्ट गरेको स्थानीय भारदह–१ का राजु शर्माले जानकारी दिनुभयो ।
आरक्षबाट समूहमा बुधबार मध्यराति आएका हात्तीले पोर्ताहा–३ का कबितलाल पघैया यादव, प्रमोद यादव र पोर्ताहा–४ का सोभितलाल यादवको लगायत र भारदहमा समेत धानबाली नष्ट गरेको बताइएको छ ।यसरी कडा मिहेनत र परिश्रम गरेर लगाइएको धानबालीमा हात्तीले आएर क्षति पु¥याएपछि किसान चिन्तित भएको स्थानीयवासी रामसेवक यादवले बताउनुभयो ।
केही दिनयता सो क्षेत्रलगायत कञ्चरुप नगरपालिका र सप्तकोसी नगरपालिकामा दैनिक कोसी टप्पु वन्यजन्तु आरक्षबाट हात्ती आएर आतङ्क मच्चाउँदा पनि स्थानीय प्रशासन मौन रहेको त्यहाँका जनताले आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् ।