चितवन। जिल्ला कृषि कार्यालय चितवनमा वरिष्ठ कृषि विकास अधिकृतमा सुधिर श्रेष्ठ आउनु भएको छ ।हालका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले दुई वर्ष कार्यकाल पुरा भई सरुवा भएपछि श्रेष्ठ कार्यालयका प्रमुखका रुपमा चितवन आउनु भएको हो ।
कफि विकास कार्यालय किर्तिपुरबाट सुरुवा श्रेष्ठ चितवन आएका हुन् भने घिमिरे भक्तपुर को एक फार्म केन्द्रमा सुरुवा हुनु भएको छ ।
यस्तै चितवनकै कृषि प्रसार अधिकृत रामचन्द्र गौतमको पनि धादिङ्ग जिल्लामा सरुवा भएको छ भने उनको ठाउँमा पूर्णप्रसाद गौडेल र बेदप्रसाद रेग्मी चितवनमा आउनुभएको कार्यालयकी सूचना अधिकृत कमला न्यौपानेले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालय चितवनले कार्यालयमा आएका नयाँ कार्यालय प्रमुखलाई स्वागत, सरुवा भई गएका प्रमुख र अनिर्वाय अवकाश पाएका बालि संरक्षण अधिकृत कमलनाथ वाग्लेलाई सम्मानसहित विदाई गरेको छ । कार्यालय परिसरमा एक कार्यक्रमकाबीच उनीहरुलाई स्वागत, विदाई तथा सम्मान गरिएको हो । अनिर्वाय अवकाश पाएका बालि संरक्षण अधिकृत कमलनाथ बाग्लेले कृषि क्षेत्रमा ३७ बर्षकाम गरेपछि अवकाश पाएका हुन् ।
यस्तै कार्यालयमा बाली संरक्षण अधिकृतमा श्रीकृष्ण न्यौपाने र प्राविधिक साहयकमा आएका विष्णु सुवेदीलाई स्वागत गरिएको थियो । कार्यक्रममा निबर्तमान प्रमुख सोमनाथ घिमिरेले बोल्दै २ वर्ष कार्यकाल आफुहरु चितवनलाई कृषि जोनका रुपमा विकास गराउने अभियान नै सबैभन्दा उत्कृष्ट कार्य भएको दावी गरे । यस्तै नव आगन्तुक कार्यालय प्रमुख सुधिर श्रेष्ठले चितवनलाई कृषि दृष्टिकोण अब्बल जिल्लाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।