©शंकरप्रसाद नेपाल
केही वर्ष पहिलेसम्म खोलानालाबाट माछा मारी खाने गरिन्थ्यो भने आजकाल उन्नत तरीकाबाट पोखरीमा पालन गरिएका माछाहरु सबैतिर प्राप्त हुन थालेबाट सबैले मनग्य खान थालेका छन् । अझै केही वर्षयतादेखि खसीको मूल्यमा पनि बृद्धि हुन गएबाट माछाको माग झनै बढ्न गएको छ । यिनै कारणहरुले गर्दा आजकाल जताततै माछा पालन गर्ने व्यक्तिहरुको होडबाजी चलेको छ । माछा पालन व्यवसाय देख्नमा जति सजिलो छ, त्यति भित्रीरुपमा सजिलो छैन । यसको पालन गर्दा धेरै कुराहरुमा ध्यान पु¥याउनुपर्ने हुन्छ । यदि एउटा मात्र खुड्किलो बिग्रन गयो भने पोखरीमा पानी नै नअड्ने, माछाहरु बढ्न नसक्ने या त माछाहरु नै मर्न थाल्ने हुन्छन् । त्यसैले पोखरी खनेदेखि माछा पालन गर्दासम्म बडो होशियारीपूर्वक काम गर्नुपर्ने हुन्छ । यसको लागि समयमै सम्बन्धित प्राविधिकको परामर्श लिई काम गर्नु उपयुक्त हुन्छ । हामीहरुले पालन गरिरहेका माछाहरुलाई मलखाद, दानापानीको साथसाथै माछा पोखरीको महिलोपन के कस्तो अवस्थामा छ, माछाका भूराहरुको बानी व्यवहारअनुसारको खाना पुगेको छ छैन, यी सबै कुराहरुको ध्यान दिई समयमै जा“च गरिएन भने माछाहरु मर्न सक्छन् । त्यसैले माछा पालन गर्ने व्यक्तिहरुले यस विषयमा बढी सतकर्ता अपनाई काम गर्नुपर्दछ ।
पोखरीमा पालन गर्ने माछाहरु धेरै किसिमका हुन्छन् र तिनीहरुको खाने बानी व्यवहारा पनि फरक फरकको हुन्छ । जस्तैः कमन कार्प माछा पोखरीको पि‘धमा बसी सूक्ष्म जीवाणु, स–साना कीरा, कुहिएको झारपात र कृत्रिम आहार खाने गर्दछ भने सिल्भर जातको माछा पोखरीको माथिल्लो सतहमा बसी प्राकृतिक आहार खाने गर्दछ । त्यस्तै बिगहेड जातको माछा पोखरीको बीच भागमा बसी पानीभित्रका प्राणीजन्य जीवाणु खाने गर्दछ भने ग्रास कार्य जातको माछा पनि पोखरीको बीच भागमा बसी पानीभित्रका स–साना घा“सका बिरुवाहरु र कृत्रिम दाना खाने गर्दछ । त्यसै गरी रहु जातको माछा पोखरीको बीच भागमा बसी लेउ, कुहेको झारपात र कृत्रिम दाना खाने गर्दछ । नैनी जातको माछा भने पोखरीको तल्लो सतहमा बसी सडेगलेका झारपात, स–साना जीवाणु र कृत्रिम दाना खाने गर्दछ । त्यस्तै भाकुर भन्ने जातको माछा पोखरीको बीच सतहमा बसी प्राकृतिक आहार स–साना जीवाणु खाने गर्दछ । त्यसैले सम्पूर्ण माछाहरुका बानी व्यवहार, चालचलन पत्ता लगाई मलखाद, दानापानी दिने र समय–समयमा पोखरीको मलिलोपन जा“च गर्ने हो भने माछा पालन व्यवसायबाट राम्रो फाइदा लिन सकिन्छ ।
पोखरीमा पालिने माछाका भुराहरु मुख्यतया प्राकृतिक आहारमा नै निर्भर हुन्छन् । यी प्राकृतिक आहाराको उत्पादन पोखरीको माटोको उर्वराशक्ति र पानीको मलिलोपनमा निर्भर गर्दछ । पोखरीभित्र यस्ता प्राकृतिक आहाराको उत्पादन गर्न निम्नअनुसारको मलखाद प्रयोग गर्नुपर्छ ।

(१) मलखादको प्रकारः मलखाद दुई प्रकारका हुन्छन् । एउटा प्राङ्गारिक मल (गोबरमल) र अर्काे रासायनिक मल
(क) प्रांगारिक मलः प्रांगारीक मल भन्नाले पशुपंछीहरुको मलमूत्र (जस्तै गाई, भैंसी, कुखुरा, बंगुर, बाख्रा, हा“स) वनस्पतिकजन्य बस्तुहरु र गोवर ग्या“सबाट निस्केको मल, हरियोमल, कम्पोष्ट मल तरकारी केलाएका पदार्थहरुलाई जनाउ‘छ ।
(ख) रासायनिक मल ः अरु अन्नबालीसरह माछा पालन कार्यका लागि पनि पोखरीको मलिलोपना बढाउन रासायनिक मल प्रयोग गर्नुपर्ने हुन्छ । विभिन्न रासायनिक मलहरुको प्रयोगबाट विभिन्न प्रकारका रासायनिक तत्वहरु पोखरीको माटो र पानीमा उपलब्ध हुन्छ । त्यसले गर्दा माछाको आहारा बन्नमा मद्दत गर्दछ ।
चून र रासायनिक मलहरुको नियमित प्रयोग गरेर पोखरीको लागि आवश्यक पर्ने तत्वहरुको परिपूर्ति गर्न सकिन्छ । त्यसैले प्रतिकट्ठा निम्न परिमाणमा मल प्रयोग गर्नुपर्दछ ।
चुना मल १५ केजी प्रति कट्ठमा पोखरी सुकाएको बेलामा मात्र, गोवर मल ३० देखि ५० केजी प्रतिकट्ठामा १५ दिनमा एकपटक, युरिया मल ५० देखि ७५० ग्राम प्रतिकट्ठामा २० देखि २५ दिनमा, डिएपी मल एकदेखि डेढ केजी प्रतिकट्ठामा १५ देखि २० दिनमा ।

(२) पोखरीमा मलिलोपन जा“च गर्ने तरीका ः
पोखरीमा मलिलोपन जा“च गर्नका लागि दाहिने हात पोखरीभित्रको पानीमा राख्दै जाने । हत्केलालाई डुबाउ‘दै कुहिनासम्म पु¥याउने । हातको कुहिनासम्म डुबाएर माथिबाट हेर्दा सजिलैस“ग हत्केला देखिन्छ भने पोखरीमा मल छैन, मल राख्नुपर्दछ भन्ने बुझ्नुपर्दछ । यदि हत्केला पानीभित्र देखिएन भने पोखरीको पानी मलिलो छ, मल राख्नु जरुरी छैन । यो प्रविधिको सट्टा ‘सेची डिक्स’ उपकरणले पनि गर्न सकिन्छ । पोखरीको पानी मलिलो छ छैन भन्ने पत्ता लगाउन बाहिरबाटै पानीको रंग हेरेर पनि थाहा पाउन सकिन्छ । जस्तै– पोखरीको पानी गाढा हरियो देखियो भने प्रशस्त मलिलो छ भन्ने बुझ्न्छि । यदि फटिक सङ्लो पानी देखियो भने मल छैन मल दिनुपर्छ भन्ने बुझ्नुपर्दछ । त्यसैले बढी मल भएको बेला अझैं मल दिएमा अक्सिजन कमी हुन गई माछाहरु पानीको छेउ– छेउमा आई, प्याक गरी मर्न थाल्छन् । त्यस्तो अवस्थामा माथिबाट पानीको फोहरा दिने, पानी पोखरीमा थप्ने र चलाउने गर्नुपर्दछ । यस्ता समस्याहरु बढी नै देखिदै गएमा सम्बन्धित कार्यालयमा सम्र्पक राखी समाधान गर्नुपर्दछ । यदि माथि बताएका तरीकाहरुलाई ध्यान दिई माछा पालन गर्ने हो भने तपाइ‘को मेहेनत खेर जा“दैन राम्रो फाइदा लिन सक्नु्हुनेछ ।