महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिगाहा पानी भरिएको जग्गामा अहिले सिँघारा (फल) खेती गरिएको छ ।
पानीमुनि लहरामा फल्ने सिँघारा गुलियो र सुन्दर फल शीत्तल र पौष्टिक हुने भएकाले स्थानीयस्तरमा निकै लोकप्रिय भएको स्थानीयवासी बताउँछन् ।
यसपालि जिल्लामा खण्डबृष्टी भएका कारण धान लगाउन नपाउँदा बाँझो रहेको जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा यसवर्ष ठूलो मात्रामा काँडेदार गुलाफी रङ्गका सिँघारा खेती गरिएको हो ।कम मेहनत र थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले पनि यहाँका किसान यसपालि धानको सटृा सिँघारा खेतीतर्फ आकर्षित भएको जलेश्वर–६ का किसान रामजी खत्बे बताउनुहुन्छ ।
वर्षौंदेखि बाँझोे जलाशयमा पनि यस वर्ष सिँघारा खेतीमा स्थानीय १०० बढी घरपरिवार लागेको जलेश्वर–११ का किसान भुने बिनको भनाइ छ ।
असोज र कात्तिक महिनामा तयारी हुने सिँघारा स्थानीय बजारमा प्रतिकिलो रु ४० देखि ६० मा बिक्री हुने र प्रतिकिसान रु दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेको जलेश्वर–१० का किसान धनीराम महतो उल्लेख गर्नुहुन्छ ।तराईवासीले पूजाआजामा प्रसादका रुपमा समेत प्रयोग गर्ने सिँघारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मन पराउने गर्दछन् भने साधारणतया जोसुकैले पनि वर्षमा एकचोटी बजारमा आउने यो मीठो फल खाने गरेको जलेश्वर–४ का मनमोहन पासवान बताउनुुहुन्छ ।
तर यो फलकोे प्रवद्र्धन, विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्बाह गर्नसक्ने जिल्ला कृषि विकास कार्यालयसँग जलेश्वरमै हुने सिँघारा खेतीबारे कुनै अभिलेख नरहेको सो कार्यालयका प्रमुख सुकेश्वर झाको भनाइ छ ।