काठमाडौं । फलफूल विकास निर्देशनालय, कीर्तिपुरले मुलुकलाई स्याउमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गर्ने उद्देश्यले कर्णाली अञ्चलका जिल्लाका साथै अन्य हिमाली तीन जिल्लामा विभिन्न आयोजना सञ्चालन गरेको बताएको छ ।

निर्देशनालयले कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोटका साथै मनाङ, मुस्ताङ र रुकुमका कृषकलाई निःशुल्क बिरुवा तथा कराँैती, सिगेचर, चुना, निलोतुथोलगायत अन्य आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ ।

निर्देशनालयका अनुसार समुद्री सतहदेखि करीब एक हजार ८ सय मिटरदेखि तीन हजार मिटरसम्मको उचाइको हावापानीमा स्याउको गुणस्तर राम्रो पाइने तथा उत्पादन पनि राम्रो हुने गरेको छ ।

फलफूल विकास अधिकृत राजन चौलागाईंले आठओटा जिल्लामा स्याउको उत्पादन विस्तारका लागि गत आवमा रू. ६ करोड ६६ लाख खर्च गरिएको बताए । २०६८ सालमा शुरु भएको उक्त आयोजनाले स्याउमा पोषणको मात्रा पाइने हुँदा दुर्गम क्षेत्रको जनतामा सहज रुपमा पु¥याउने र उनीहरुको पोषणमा सुधार गर्ने लक्ष्यसमेत राखेको छ ।

गत आवमा करीब रू. ८७ करोड बराबरको स्याउ विदेशबाट आयात गरिएको बताउँदै ती आयोजनाअनुसार स्याउको उत्पादन वृद्धि हुनसकेमा आयात प्रतिस्थापन गर्न सकिने अधिकृत चौलागाईंले बताए ।