पाँचथर। पाँचथरमा अर्गनिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएकाले अर्गा्निक चिया उत्पादन गरिने भएको हो ।
जिल्लामा केही चिया प्रशोधन गर्ने कारखानाले अर्गनिक चिया उत्पादन गर्दै आएका छन् । कञ्जनजङ्घा टी स्टेट, लाली चिया सहकारी संस्था, लेकाली अर्गनिक चिया उद्योग र पाथीभरा टी स्टेटले अर्गा्निक चिया उत्पादन गर्दै आएका छन् भने अन्य चिया प्रशोधन गर्ने कारखानाले पनि अर्गनिक चिया प्रशोधन गर्ने तयारीमा जुटेका छन् ।
एक-दुई वर्षमै जिल्लाका कारखानाले प्रशोधन गर्ने चिया अर्गनिक मात्रै हुने अर्गनिक चिया प्रशोधन गर्दै आउनुभएका लालीचिया सहकारी संस्थाका प्रमुख टङ्कप्रसाद राईले बताउनुभयो ।उहाँका अनुसार अर्गनिक चियाको उत्पादन कम हुने भएपनि मूल्य राम्रो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजना प्रमुख रामजीवन ठाकुरले चियाको बेर्ना तयारी पनि विषादीरहित हुने, गाईवस्तुको मल र गड्यौले मललगायत मात्रै प्रयोग गरिने र बगानमा रोगकिरा नियन्त्रणका लागि विषादी पनि प्रयोग नगरिएको चियाको पत्तीलाई प्रशोधन गरी अर्गनिक चिया तयार गरिन्छ ।
उहाँले किसान उत्पादन कम नै भएपनि मूल्य राम्रो भएकाले अर्गनिक चिया उत्पादनतिर लागेको पनि बताउनुभयो । केन्द्रीय चिया सहकारी सङ्घले तीन वर्षअघि पाँचथरमा अर्गनिक चिया उत्पादन गर्न किसान र प्रशोधन गर्ने कारखानालाई सुझाव दिएको थियो ।