दैलेख । गाउँमा सडक विस्तार भएपछि दैलेखका किसानहरु आत्मनिर्भर बन्दै गएका छन् । कामको खोजीमा भारत जाने गरेका यहा“का अधिकांश कृषकहरु सडक विस्तारसँगै स्थानीय स्तरमा उत्पादित वस्तुले बजार पाउन थालेपछि विदेश जान रोकिएका हुन् । जिल्लामा रहेको दुई नगरपालिकासहित ४९ गाविसमा धुले सडक पुगेको छ ।
दुई वर्षयता सडक निमार्णको विकास तीव्र रुपमा बढ्नुले अरु पहाडी जिल्लाको तुलनामा यो जिल्ला अगाडी बढेको छ । जिल्लाको नगरदेखि गा“उका बस्तीसम्म निर्माण भएका सडकले साना सवारी—साधनहरुको सुविधा गाउँमै पुगेपछि स्थानीयस्तरमा उत्पादित वस्तुले बजार पाएका हुन् । उत्पादित वस्तुले स्थानीय बजार हुँदै कर्णाली अञ्चलसम्म खपत हुने गरेको सियालाका कृषक बताउँछन् ।
वर्षातको समयमा नगरभित्र विग्रिएका ३७ ओटा सडक मर्मत गरिएपछि नगरका विभिन्न स्थानबाट तरकारी सदरमुकाममा खपत हुने नारायण नगरपालिका –२ जारकोटका कृषक प्रेम थापाले बताए । सडक निर्माणसँगै स्थानीय तहमा उत्पादित तरकारी, फलफुल, तथा खाद्य वस्तुहरुले अहिले बजार पाउन थालेपछि यहा“का कृषकहरु आर्थिक रुपमा बलियो हुँदै गएको जिल्ला कृषि विकास कार्यालयका अधिकृत नरेन्द्र थापाले बताए । ‘गा“उमा गाडी पुग्यो, हामीले उत्पादन गरेका वस्तु डोकोमा बोकेर लानुपर्ने बाध्यता हट्यो’ सल्लेरी –९ पैतिका नविन सिजालील भन्छन् । ‘सडक निर्माण भएपछि यस वर्षदेखि बजारमा लगेर बिक्री गर्न पाउँदा हौसिएका छौ ।
’ यस्तै, सडक गाँउमै पुगेपछि उत्पादन भएको तरकारी कर्णाली राजमार्गको रामघाट बजार सम्म पु¥याउन सजिलो भएको सात्तला –७ की कृषक गमता विकले बताईन् । पहिले बारीमा लगाएको तरकारीले मूल्य नपाउँदा खेर जाने गरेको थियो । सडक विस्तार र यातायातका साधन सञ्चालन आएपछि गा“उमा उत्पादन भएको वस्तु बेचेर कृषक आत्मनिर्भर बन्दै गएका सात्तला गाविसका खरिदार शिवराज थापा वताउँछन् ।
जिल्लामा बढी तरकारी उत्पादन हुने गाविस सेरीललाई अहिले जिल्ला बाहिर तरकारी पुर्‍याउन भ्याई नभ्याई छ । कृषकको टोल टोलमा सडक पुगेपछि सुर्खेत ,नेपालगञ्जबाट तरकारी खरीदका लागि व्यापारी आउने गरेका जिल्ला कृषि कार्यालयले बताएको छ । सेरी गाविसका कृषकले तरकारीखेतीबाट वर्षेनी रू. ८० हजार देखि ५ लाखसम्म आम्दनी गर्ने बताएका छन् ।