रुपन्देही । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कृषि क्षेत्रमा थप आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।जिल्लाको देवदहस्थित निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिकसाधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले राज्यले किसानका लागि छुट्टयाएको रकम विचौलीयाको हातमा जाने गरेको बताउँदै उक्त रकम वास्तविक कृषकले नै पाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
कृषि बीमालाई प्रभावकारी बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको र कृषि क्षेत्रमा निर्धक्करुपमा लागानी गर्न उनले आग्रह गर्नुभयो । अगामी चैत महीनासम्म स्थानीय निकायको निर्वाचन गरिसक्ने लक्ष्य अहिलेको सरकारले लिएको मन्त्री चौधरीको भनाइ थियो ।