डा. रामकुमार कार्की
प्रमुख
जिल्ला पशुसेवा कार्यालय , चितवन

गतवर्ष चितवनको पशुपालन क्षेत्रमा के कति अनुदान वितरण गर्नुभयो र अनुदानको प्रभावकारिता कस्तो रह्यो ?

हामीले युवा लक्षित कार्यक्रम अन्तर्गत २०७३/२०७३ मा ३३ लाख अनुदान बितरण गरेका छौं ।जसमा ३० भन्दा बढी गाई पाल्ने ठुला उत्कृष्ट गाइपालक कृषकहरुलाइ ४ लाख, मझौला २० देखि २९ सम्म पाल्ने १० मझौला कृषक तथा सहकारी फर्मलाइ २ लाखको दरले अनुदान बितरण गरियो भने, १० देखि १९ वटा गाइ पाल्ने साना गाइपालक उत्कृष्ट किसानहरु तथा सहकारी लाइ १ लाख को दरले ९ वटा फार्मलाइ अनुदान बितरण गरिएको छ।
यस्तै गोठ मिसन अन्तर्गत भकारो सुधार , मलखाद सुधार, बाख्राको को ए.आइ. गर्न , मेशीन मर्मत तथा गोठ मर्मतको लागि केन्द्रीय कार्यक्रम मार्फत २० हजारका दरले ४ लाख रकम हामीले छुटयाएका छौं भने पिग एण्ड पोर्क मिसन अन्तर्गत १ जना उत्कृष्ठ कृषकलाइ ४ लाख र अरु ५ जना कुषकलाइ २ लाखको दरले गरी ६ जना कृषकलाइ हामीले जम्मा १४ लाख अनुदान बितरण गरेका छौं। त्यस्तै हामीले युवा लक्षीत बिशेष पशु उत्पादन बाख्रापालन को लागि ४ जना कृषकहरुलाइ २ लाखको दरले ८ लाख अनुदान बितरण गरेका छौं। साथसाथै परापुर्वकालदेखिनै पशुपालन व्यवसायलाई निरन्तरता दिदै आउनु भएका १ देखी ९ वटा गाइपालक बृद्धा कृषकहरुलाई अभिप्रेरित र सम्मान गर्ने उद्धेश्यले निक्षेपीत कार्यक्रम अन्तर्गत ४० जना उत्कृष्ठ बृद्ध बृद्धाहरुलाइ ५० हजारको दरले २० लाख रकम बितरण गरेका छौं।
पशुपालक कृषकहरुको प्रभाबकारीता पनि उल्लेखनिय सफलता पनि हामीले हासिल गरेका छौ ताकि हामी चितवन जिल्ला मध्यमाञ्चल क्षेत्र अन्तर्गत हामीले पहिलो स्थान ओगट्न सफल भएका छौं । त्यसैले गत बर्षको भुकम्प , नाकाबन्दीको मार भोगेका कृषकहरु हतोत्साही नभई आ आफ्नो व्यवसायलाई निरन्तरता दिनु खुशीको कुरा हो। त्यसलै अब पशुपालक व्यवसायलाई अझ प्रभाबकारी बनाउनको लागि बिमा नीतिले पनि प्रभाव पारेको छ। किनकी ५ प्रतिशत प्रिमियम भुक्तानीको आधारमा उनीहरुले बीमा कम्पनीबाट ९० प्रतिशत नोक्सानको क्षतिपुर्ति पाउने गर्दछन। जसले गर्दा निधकर््कता साथ किसानले पशुपालन व्यवसायलाई अपनाएको हामी पाउंँदछौ र सरकारले प्रिमियम भुक्तानी पनि ७५ प्रतिशत अनुदान दिने बीमानीतिले पनि कृषकहरु आकर्षित भएको पाएका छौं।

चरनको समस्या बढ्दै जादा पशु बिकासमा कस्तो असर परेको छ?

बिस्तारै बढ्दै गएको शहरीकरण र चितवनमा बसाई सराइ गरेर आउने मानिसहरुको पनि अत्याधिक बृद्धि भएको कारण पनि चरनको समस्या बढ्नु स्वभाविक नै हो त्यसैले हामीले यसलाई प्रतिस्थापन गर्नको लागि गतबर्ष देखि यहांँका कृषकहरुलाइ घांँस खेतीको लागि समेत उपलब्ध गराएका र्छौ। यसले गर्दा कृषकहरुलाइ उत्पादन लागत घटाउन र व्यवसाय बढाउन मदत गर्नेछ। अर्को कुरा पछिल्लो समय भएको भुखण्डीकरण, र जग्गाको मुल्य पनि बढ्नुको कारण पनि पश ुबिकासमा असर परेको छ , त्यसैले सरकारले अनियन्त्रीत जग्गा प्लटीड.लाइ रोकी भु–उपयोग नीति लागु गर्नुपर्ने देखीन्छ । साथै सरकारले कृषकलाइ दिएको सहुलियत व्याजदर ६ प्रतिशतबाट घटाइ २ प्रतिशत सम्म पुर्याइयो भने पशुपालन क्षेत्रप्रति कुषकहरुको थप आर्कषण बढ्ने आशा गर्न सकिन्छ । अर्कोकुरा यो पेशा दीर्घकालीन पेशा भएको कारण कृषकहरु पनि धैर्य गनुपर्ने आबश्यकता देख्दछु ।

चितवनमा उच्च नश्ल पशुको अभावलाइ कम गर्न के कस्तो प्रयास भएको छ ?

चितवनमा पशुको उच्च नश्ल सुधारको अभाव अरु जिल्लामा भएतापनि यो जिल्लामा छैन। तर यसको अभावलाई कम गर्न कृतिम गर्भाधान र नश्ल सुधारका कार्यक्रम तय गरेका छौं जसको लागि उन्नत जातका पशुहरुलाइ कसरी ब्रीडीड.गरी बढीभन्दा बढी पाठापाठी तथा बाच्छा बाच्छी उत्पादन गर्न सकिन्छ र दुध तथा मासु उत्पादनलाइ पनि कसरी बढाउन सकिन्छ भनेर उन्नत जातको सिमेन बितरण गर्ने गरेका छौं अब यसको सुधारलाइ कम गर्नको लागि त अनुत्पादक पशुहरुलाइ हटाई व्यवस्थापन गर्नु नै हो।

पशुपंक्षीमा लाग्ने रोगको निदान र उपचारको लागि ग्रामीण क्षेत्रमा कसरी पठाउने प्रयास गरिरहनु भएको छ ?

चितवनको ८ गा.बि.स. को हकमा अहिले एक गाउंँ एक प्राविधिकहरु खटाइएको छ । अरु नगरपालिकाको हकमा भने १४ वटा सेवाकेन्द्रहरु छन। र हाम्रो ४९ कर्मचारीहरुमध्ये २६ जना हाम्रा प्राविधिकहरु छन। र कृषकहरुलाइ सहज गराउनको लागि र पशुपालनको रोग उपचार र निदान गर्नको लागि चाडोभन्दा चाडो सेवा दिनको लागि एउटा पुस्तिका पनि प्रकाशन गरेका छौं र प्रत्येक कृषकलाइ हामीले बितरण गरेका छौं । जसमा हाम्रो सबै कर्मचारीको विस्तृत विवरण राखेका छौं जसले गर्दा कृषकले आफुलाइ पायक पर्ने स्थान तथा प्राविधिकलाइ सम्पर्क गरी सेवा लिन सकोस पशु सेवा सम्बन्धी जानकारी पनि लिन सकोस ।अर्को कुरा महामारी रोग लगायतका अरु रोगको तत्काल उपचारका लागि सरकारले प्राविधिकहरु पनि थप गर्नुपर्ने देखिन्छ। जसले गर्दा कुषकले समयमै उनीहरुको पशुको उपचार पाउन सकोस । हाल सरकारी प्राविधिकहरु अभाव भएको कारण पाराभेटहरुबाट महंगो मुल्य तिरेर उपचार गराउनुपर्ने बाध्यता छ ।

पशुपालनमा युवाको आर्कषण घटेको अबस्थामा उनीहरुलाई यस पेशामा टिकाउन के गर्नुपर्ला ? कुनै प्रयास भएको छ भने कस्तो भएको छ ?

पशुपालन व्यवसाय लाई आर्कषण गर्नको लागि पहिलो त सरकारले अनुदान पनि बढाउनु पर्यो, अर्को कुरा कृषक लाई सरकारले पशुपालक कृषकलार्इ दोस्रो दर्जाको नागरिक को रुपमा हेर्नु हुदैन । राज्यले ब्यबसायिक पशु्पालक कृषकलाई दिइने ऋणको व्याजमा सहुलियत तथा सहजीकरण गर्नुपर्दछ।
त्यस्तै ब्यबसायिक पशुपालक कृषकहरु उत्पादन क्षेत्रमा ठुलो योगदान दिने व्यक्ति भएको हुदा राज्यले सम्मान गर्नुपर्छ। र कृषकहरुले आफ्नो उत्पादनको सही मुल्य पाउनुपर्छ उत्पादन र उपभोक्ता को दुरी घटाइनुपर्छ ताकि उनीहरुले उचित मुल्य पाउन सकुन।

पशुपालन क्षेत्रका अहिलेका समस्या तथा चुनौति के के छन ?

प्राय सबै क्षेत्रमा केहीन केही समस्या र चुनौति हुन्छन नै, त्यसैले कृषकहरुको एउटा समस्या भनेको कृषकहरुको उत्पादनको सही मुल्य नपाउनु हो । साथै प्रशस्त मात्रामा प्राविधिकहरु नहुनु , साथै पशुपालनको लागि घांँस खेतीको लागि पर्याप्त खेती योग्य जग्गा नहुनु, भएतापनि भाडा महंँगो हुनु , जसको कारण यी चुनौती पनि छन । अर्को कुरा महामारी रोगका लागि समयमै उपचार गराउन प्राविधिकहरु कम भएका कारण केही समस्या छन। त्यसकारण कृषकले आफ्नो लगानी सुरक्षा बनाउनको पशुबीमा अनिबार्य गर्ने कुरामा पनि ध्यान दिनु जरुरी छ।

चालु आर्थिक बर्षमा पशुपानलन क्षेत्रको बिकासको लागि पशुसेवा कार्यालयले गर्ने योजना केही छ कि ?

यो चालु आर्थिक बर्षमा खासै नया योजना त छैनन पुरानै कार्यक्रमहरुलाइ निरन्तरता दिदै , बढ्दो बैदेशिक रोजगारीलाइ कम गर्न र बिदेशबाट र्फिर्कएर आउने युवाहरुलाइ बिभिन्न कार्यक्रममा अनुदान बढाएर युवालक्षित कार्यक्रमलाई थप आर्कषण गर्ने लक्ष्य राखेका छौं । साथै घांँसमा आधारित खेतीलाइ चाहिने बीउका साथै प्रति हेक्टरका दरले हामीले अनुदान दिदैछौ। र अर्को कुरा युवा लक्षीत कार्यक्रमलाइ थप प्रभावकारी बनाउनको लागि बंगुरपालन तथा उन्नत जातको बाख्रापालनको लागि कृषकलाइ बिभिन्न सेवा सुविधा तथा अनुदान बढाउने काममा अघि बढ्दैछौं।(सुर्य अधिकारीबाट )