काउलि नेपालको लागि ज्यादै प्रचलित तरकारी हो। यसको उत्पत्ती साईप्रस भु-मध्य सागरिय क्षेत्र युरोपको दक्षिणी भागमा भएको र भारतीय मुगलकालमा भारतमा आएको र भारतबाट नेपाल भित्रिएको बिज्ञहरुको भनाइ छ। काउली तीन भागमा खेती गर्न सकिन्छ।

१) अगौटे

२) मध्यमौसमी

३) पछौटे

हावापानी

काउली एक हिउदे तरकारी खेती हो। यो भन्दागोभी सरह ज्यादा गर्मी सहन सक्दैन। काउली ठण्डा निम जलवायुमा राम्रो संग हुर्किन्छ। यसलाई १५-२० डिग्री से तापक्रम चाहिन्छ। यो भन्दा बडी तापमान भएमा हुनुपर्ने गुणमा बिपरित गुणहरु बिकास हुन जान्छ।

माटोको तयारी

काउली सबै प्रकारको माटोमा लगाउन सकिन्छ तर राम्रो उत्पादन लिनको लागि जैबिक युक्त मलिलो बलौटे दोमट माटो उपयुक्त हुन्छ। पानीको निकास र सिँचाईको ब्यबस्था हुन जरुरी छ। पि एच ५।५ देखी ६।५ को बिच हुन जरुरी हुन्छ। यो भन्दा कम पि एच भएको खन्डमा बडाउनको लागि १० कुन्टल चुना खेतमा मिसाएर जोताई गर्ने। खेतको तयारी गर्दा ३-५ चोटि सम्म खेतको अवस्था हेरी राम्रोसँग जोताई गर्ने र माटो बुर्बुराउदो बनाउने।

ब्याड बनाउने तरिका:

एक रोपनी जग्गाको लागी १ मिटर चौडाई १ मिटर लम्बाई भएको ब्याड पर्याप्त हुन्छ। ब्याड्मा १० देखी २० ग्राम स्वाग र एक डोको कुहिएको मल गोबर मल, ५० ग्राम डिएपी २ो ग्राम पोटासको दरले ब्याड्मा राम्रो सँग मिसाउने। ५ सेमी फरकमा लाईन सित बिउ खसाल्ने। बिउ खसाल्दा बिउ बाक्लो खसाल्नु हुँदैन।

बेर्नाको जरा कुहिने रोग लागेमा कपर अक्सी क्लोराईड २ ग्राम प्रती लिटर पानीमा स्प्रे गर्ने। ४-५ पात भएमा बेर्ना सार्न लायक हुन्छ।खेती गर्ने समय अनुसार दिउ दर फर्क पर्न सक्दछ
राम्रो उत्पादनको लागि निरन्तर सिँचाईको ब्यबस्था गरिरहनु पर्दछ। आगौटे जातको लागि बेर्ना सारे देखी हप्तामा २ पल्ट सिँचाईको ब्यबस्था गर्नु पर्दछ र पछी हप्तामा एक्पल्ट दिदा हुन्छ। अरुबेलामा माटोमा चिश्यानको अवस्था हेरेर सिँचाई गर्नु पर्दछ।सिँचाई:

उत्पादन

आगौटे जातको उत्पादन केही कम हुन्छ भने मध्य मौसमी जातको उत्पादन राम्रो हुन्छ। आगौटे जातको उत्पादन १२-१५ टन प्रती हेक्टर हुन्छ भने मध्य तथा पछौटे जातको उत्पादन २०-३० टन प्रती हेक्टर सम्मा हुन्छ।

भन्डारण:

काउलीलाई साधारण तापक्रममा ३-४ दिन सम्म भन्डारण गर्न सकिन्छ भने ० डिग्री तापक्रम र ८५-९०% सापेक्षित आद्रतामा करीब ३० दिन सम्म भण्डारण गर्न सकिन्छ।