बागलुङ। व्यवसायिक रुपमा बागलुङमा टिमुर खेती सुरु गरिएको छ । औषधी र मसलाकोे रुपमा प्रयोग हुन थालेपछि बागलुङमा यसको व्यवसायिक खेती थालिएको हो । विगतको समयमा बनजङगलमा प्रशस्त पाइने टिमुर अहिले किसानहरू व्यवसायिक खेतबारीमा लगाउने गरेका छन ।
समुद्री सतह देखि १ हजार देखि २५ मिटर उचाई भित्रकामा यो फल्ने गर्दछ । टिमुर फुड प्वाईजन, ग्याष्ट्रिक लगाएतका रोगको उपचारमा बढी प्रयोग हुने गरेको छ ।औषधी एवं मसलाको उत्पादनको गर्न सकिने भएपछि किसान यस तर्फ आर्कषित भएका छन । बिगतका समयमा खेर जाने गरेको टिमुरको अहिले प्रयोग र माग बढन थालेपछि व्यवसायिक खेत गरेको राङखानी गाविसका किसान पदमबहादुर थापाले बताउनुभयो ।
पहिला किसानहरुलाई टिमुर औषधी र मसलाको रुपमा प्रयोग हुन्छ भन्ने थाहा नहुदा खेर जाने गरेको थियो, थापाले भन्नुभयो अहिले यसको उपयोग बढदै गएको छ । अहिले बागलुङका राङखानी,बिनामारे,सर्कुवा,पै“युथन्थाप गाविसका किसानहरुले व्यवसायिक खेतीको रुपमा अगाल्न सुरु गरेको हुन । स्थानीयहरुले उत्पादन गरेको टिमुर बागलुङ, पर्वत, पोखरा र अन्य शहरमा बिक्री हुदै आएको छ ।
किसानहरुले मानाको एक सय २० रुपै“या सम्ममा बिक्री गरी आम्दानी गर्न सफल भएका छ । टिमुर पशु चौपायलाई औषधीको रुपमा समेत खुवाउने गरिएको छ । व्यवसायिक बन्न जिल्ला बन कार्यालयले बिरुवा उपलब्ध गराउने गरेपनि लक्षित क्षेत्रमा पुग्न नसकेको किसानको गुनासो रहेको छ । नगदेबालीको रुपमा रहेको टिमुर खेतीलाई किसानले नर्सरी बनाई बिक्रि समेत गर्न थालेका छन ।