नवलपरासी। दूध उत्पादनमा देश कै अग्रहणी स्थान बनाएर नेपालको न्यूजिल्यान्डको नामले परिचय बनाएको नवलपरासी गैडाकोटका दुई किसानको मात्र दूधको कारोबार वार्षिक ९० लाख भन्दा माथि रहेको छ ।नवलपरासी गैडाकोट नगरपालिका वार्ड नम्बर १० मा रहेको संतोष गाई फारम र कंडेल गाई फारमबाट मात्र वर्षमा ९० लाख रुपिया भन्दा बढिको दूध जन्य कारोबार हुने गरेको संतोष गाई फारम गैडाकोटका संचालक गोपाल श्रेष्ठले बताउनुभयो । गैडाकोटमा करिब सबै सजो घर परिवारले धेरै थोरै गाई पाल्ने गरेकोमा गैडाकोट नगरपालिकबाट मात्र दैनिक २१ हजार लिटर दूध निकासी हुने गरेको श्रेष्ठले बताउनुभयो ।
गैडाकोट क्षेत्रमा ब्यावसायीक रुपमा गाई पालन गरि दूध उत्पादन गर्ने करिब ४ दर्जन किसानहरु रहेकोमा संतोष गाई फारम र कंडेल गाई फारम यस क्षेत्रका सबै भन्दा बढि दूध उत्पादन गर्ने ब्याबसायिक गाई फारम हुन ।सानो रुपमा गाई पालन गरेको धेरै वर्ष भए पनि ब्यावसायीक रुपमा गाई पालन गरेर दूध विक्री गर्न लागेको १० वर्ष विताई सकेका संतोष गाई फारमका संचालक गोपाल श्रेष्ठले अहिले दैनिक ४ सय लिटर दूध विक्री गर्ने गरेको संचारकर्मीलाई बताउनुभयो ।
गाई पालनमा यस क्षेत्रकै अगुवा ब्यावसायीक किसानको परिचय बनाएका गोपालले आहिले सम्म गाई पालनमा दर्जनौं पुरस्कार पाई सकनु भएको छ । यी गाई फार्ममा दूध दुहुन मिल्कीङ मशिनको प्रयोग गर्नुहुन्छ भने घांस काटन पनि मशिनको प्रयोग हुने गरेको छ ।
हाल ६० वटा दूधैला गाई पालीरहनु भएका गोपालले वार्षिक रुपमा गोबर विक्रीबाट पाँच लाख, बच्छीहरुको विक्रीबाट पाँच लाख, दूध विक्रीबाट ५० लाख, गाईका माउ विक्रीबाट तीन लाख गरि बार्षिक रुपमा ६० लाख भन्दा धेरैको आमदानी गर्न सफल भएको बताउनु भयो । यस मध्य आमदानीको ५० प्रतिशत गाईको ब्यवस्थापनमा लगानी गर्ने गरेको भए पनि आमदानीको ५० प्रतिशत रकम अर्थात ३० लाख रुपैया वार्षिक बचत गर्ने गरेको बताउनु हुन्छ । बैज्ञानिक टेक्नलोजी प्रयोग गरि पालन गरिएका यी गाई मध्य एउटा गाईले दैनिक ३० लीटर सम्म दूध दिने गरेको गोपालले बताउनु भयो । जर्सी र होलिस्टेन प्रजातिका गाईको पालना गरिएको यस गाई फारममा पाँच जनाले पुर्ण रोजगारी पाएका छन ।
यसै गरि सोही स्थानका अर्का ब्यवासायी गाई पालक होमनाथ कंडेलले ४५ वटा गाईको ब्यावसायीक पालनबाट वार्षीक ३० लाख भन्दा बढिको दूध जन्य कारोबार गर्ने गरेको बताउनु हुन्छ । २०५८ सालमा एउटा गाईबाट शुरु गरेको गाई पालनले अहिलो देश मै सुपरिचित गाई पालक किसानको रुपमा परिचय बनाउन सफल भएकोमा कडेल गाई फारमका संचालक होमनाथ कंडेलले खुशी ब्याक्त गर्नु हुन्छ । कंडेल भन्नु हुन्छ मेहेनत गरे सबै प्राप्त गर्न सकिदो रहेछ । रोजगारीका लागि भन्दै दैनिक जसो सयौको संख्यामा विदेशिई रहेका युवाहरुलाई आफनै देशमा महेनत गरे राम्रै पैसा कमाउन सकिन्छ भन्ने आशा र विश्वास जगाउन जरुरी भएको छ ।
नवलपरासीको गैडाकोट नगारपालिकामा ४५ वटा गाई पालन गर्ने आधा दर्जन किसान, १० वटा गाई पालन गर्ने ४० जना किसान हुनुहुन्छ भने १० देखी २० वटा गाई पाल्ने किसनको संख्या २५ भन्दा माथि रहेको छ । यसै गरि न्यूनतम १० वटा गाई पालन गर्ने सयौं जना किसान गैडाकोट क्षेत्रमा रहेको पशु सेवा केन्द्र रजहरका पशु विकास अधिकृत धनेश्वर खनालले बताउनु भयो । जिल्ला पशु सेवा कार्यालयले न्युनतम १० वटा गाई पालन गर्ने किसानलाई ब्यावसायीक पशुपालक किसानको रुपमा सुविधा दिईने गरेको अधिकृत खनालले बताउनु भयो ।
विभिन्न समयमा विभिन्न विषयमा पुरस्कृत समेत भएका गैडाकोटा गाईपालक किसानहरुले सरकारी अनुदान हचुवाका भरमा नदिईएर किसानले बेचने गरेको दूधको प्रतिलिटरका आधारमा सरकारी अनुदान दिने हो भने सबै किसानलाई समानुपातिक रुपमा सरकारी सुविधा पुग्ने सल्लाह दिनुहुन्छ । यसै गरि सरकारी खर्चमा हुने कृषि भ्रमणमा माथिल्ला तहका अधिकारी जो गाईको गोठ मै पसदैनन तीनीहरुलाई अध्यन भ्रमण गराउने प्रचलन रोकेर गाउका मेहनत गर्ने किसान र किसानलाई सहयोग गर्ने पशु कार्यालयकका मध्यम स्तरका कर्मचारीलाई गराउनु पर्ने अगुवा गाई पालक किसान गोपाल श्रेष्ठले बताउनु भयो ।