चितवन । म्यागासेसे पुरस्कार विजेता महाविर पुनले कृषि क्षेत्रलाई सूचना प्रविधिसँग जोड्नुपर्ने बताएका छन् ।
एग्री युथ नेपालको आयोजनामा तीन दिनसम्म चल्ने तालिमको उद्घाटन गर्दै कृषि क्षेत्रको विकासका लागि युवाहरुले अन्वेषण गर्नुपर्ने भन्दै उनले त्यसको लागि ठूलो लगानी आवश्यकपर्ने बताए ।
सोही अवसरमा उनले सरकारले सहयोग नगरेपछि चन्दा उठाएर राष्ट्रिय आविश्कार केन्द्र स्थापनाका गर्न लागेको जानाकारी दिए । सरकारसँग पैसा भएर पनि दुर्गम गाउँसम्म सूचना प्रविधिको विस्तार गर्न नसकेको अरोपसमेत लगाए । युवाहरुलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने र सूचना प्रविधि उपकरणहरु चलाउन सक्षम बनाउनका लागि तालिमको आयोजना गरिएको एग्री युथ नेपालका धिरज भट्टले जानाकारी दिए । मंगलबारसम्म चल्ने तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्नातक तथा स्नातकोत्तर, कृषि कार्यालयका कर्मचारी गरी ६० जनाको सहभागिता रहेको एग्री युथ नेपालले जनाएको छ ।
तालिममा वेभ सञ्चालन, कृर्षि प्रविधि, गुगल सेवा, तथ्याङ्क शास्त्रको सफटवेयर, जनरल प्रकाशनको विषयमा सहजीकरण गरिने भट्टले बताए । तालिममा कृर्षि तथा वनविज्ञान विश्वविद्यलायलका प्रोफेसर डा माधव पाण्डे, डा कृष्ण काफ्ले, वेबडिजाइनर नवराज पौडेल, सन्तोस सुवेदी, अनिल रेग्मी, अनुज पौडेललगायतले प्रशिक्षण दिने छन् ।
त्यस्तै उद्घाटन कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालय कृषि संकायका डिन जयप्रकाश दत्त, भेटेनरी संकायका डिन डा शारदा थपलिया, जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरे, जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा रामकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।