पर्वत । आलुको पकेट क्षेत्र मानिने पर्वतका उत्तरी गाविसमा यस वर्ष आलुको उत्पादन घटेको छ । जिल्लाको उत्तरी गाविस बनौ, शालिजा, लेखफाँट र क्याङ, भुकताङ्ले, बाँसखर्कलगायतका गाविसमा यस वर्ष आलु उत्पादनमा गिरावट आएको हो ।
आलुका लागि पकेट क्षेत्र मानिएका यी गाविसमा गएको हिउँदको लामो खडेरीका कारण आलु उत्पादनमा झण्डै ५० प्रतिशतले कमी आएको छ । मुख्य बाली आलुको उत्पादन घटेपछि कृषक चिन्तित बनेका छन् । उत्तरी पर्वतको आलु स्वादिलो हुने भएकाले बजारमा माग अत्यधिक भए पनि यस वर्ष उत्पादन नै कम भएकाले मागअनुसार पु¥याउन नसकिएको कृषकहरुले बताएका छन् । सिँचाइको अभाव र खडेरीका कारण उत्पादन ⋲वात्तै घटेको बनौका कृषक होमबहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार गतवर्षको तुलनामा बनौ गाविसमा मात्र झण्डै ७५ प्रतिशतले आलु उत्पादन घटेको छ ।
अहिले शालिजा, लेखफाँट, बनौ, क्याङलगायत गाविसमा उत्पादित आलुको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँमा विक्री गर्दै आएको शालिजाका कृषक प्रताप पुनले जानकारी दिए । बजारमा माग अधिक भए पनि उत्पादन घटेकाले मागअनुसार पु¥याउन नसकिएको पुनले बताए । पछिल्लो समय गाउँमै सडक यातायातको पहुँच पुगेकाले दैनिकजसो ढुवानी गरेर बजारमा पठाइसकिएको उनले बताए । पर्वतमा उत्पादित आलु पोखरा, काठमाडौ, नारायणगढसम्म पुग्ने गरेको छ । मुख्य बाली नै आलु भएकाले प्रत्येक कृषकले वार्षिक रुपमा १ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको शालिजाका कृषक बलबहादुर पुनले बताए । आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँमा विक्री हुँदै आएको छ ।
हिउँदमा लामो समय खडेरी परेकाले यस वर्ष जिल्लाभरीमै आलु उत्पादनमा गिरावट आएको जिल्ला कृषि विकास कार्यालय पर्वतले बताएको छ । गतवर्षभन्दा झण्डै ५० प्रतिशतकै हाराहारीमा उत्पादन घटेको हो । वार्षिक २२ हजार मेट्रिकटन आलु उत्पादन हुने पर्वतमा यस वर्ष मुश्किलले १२ हजार मेट्रिकटन जति उत्पादन भएको छ । जसमध्ये झण्डै ८ हजार मेट्रिकटन आलु बा⋲य जिल्लामा निर्यात भएको र बाँकी स्थानीय बजारमै खपत भएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।