अमलामा भिटामिन सी पर्याप्तमा मात्रामा हुन्छ । यसको प्रयोग तपाईलाई निकै लाभदायक हुन्छ । अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी पाइन्छ । यसमा फाइबर, प्रोटिनका साथै अन्य भिटामिनहरु पनि हुन्छ ।
आयुर्वेद विज्ञानका अनुसार अमलाको जुस पिउनाले उमेर बढाउँछ । यसको रसमा मह मिसाएर पिएमा अस्थमाको असर कम हुनेछ । यसले रगतमा शुद्दपना ल्याउँछ । हामी तपाईलाई अमलाको जुस सेवनको फाइदाबारे जानकारी दिन्छौं ।
–अमलाको जुस सेवनले तपाईको मुटुलाई स्वस्थ बनाउँछ त्यसका साथै यसको प्रयोगले रक्तचापलाई समेत सन्तुलनमा राख्ने काम गर्छ ।
–यसले तपाईको पाचन प्रणालीलाई तन्दुरुस्त बनाउँछ । यसले तपाईको बजन घटाउन पनि महत्वपुर्ण भूमिका खेल्दछ ।
–अमलाको जुसमा मह मिसाएर पिएमा डण्डिफोर समेत न्यूनिकरण गर्दछ ।
–दिनमा दुई पटक अमलाको जुसलाई केराको साथमा खाएमा महिनावारी गडबडीको समस्या कम गराउँदछ ।
–अमलाको जुसलाई बेसार र महको साथ सेवन गरेमा मधुमेहको बिरामीलाई फाइदा पुग्छ ।