काठमाडौं। कृषी मन्त्री गौरी शंकर चौधरीको कार्यशैली प्रति असन्तुष्टि पैदा हुन थालेको छ ।

आईतबार दुई बजेका लागि दिर्घकालिन कृषी रणनीति बनाउँन राष्ट्रिय किसान सञ्जाल र कृषि मन्त्रालयको संयुक्त बैठक आयोजना गरिएको थियो ।

बैठकमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लगायत सबै पार्टी निकट किसान संगठनका नेतृत्वहरुलाई कृषि मन्त्रालयमा २ बजे नै आउन भनिएको थियो तर, चार बजेसम्म कृषि मन्त्री नआएपछि किसान सञ्जालले बहिस्कार गरेको छ ।

विगत देखि नै उक्त बैठकमा कृषि मन्त्री, राज्य मन्त्री, सचिव र सहसचिव समेत बस्दै आएको छ । तर, आईतबारको बैठकमा भने सबै नेताहरु जिल्लाराम भएर फर्किएका छन् ।

छलफलकै बीचमा पुगेका सहसचिव लेखनाथ आचार्य अध्यक्षता ग्रहण गरेपछि कता बेपत्ता भए सहभागीले समेत पत्तो पाएनन् । कृषि मन्त्री सहितको छलफल गर्न, माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र, एमाले निकट अखिल नेपाल किसान महासंघ,कांग्रेस निकट किसान संघ, मसाल निकट अखिल नेपाल किसान संघ, माले निकट अखिल नेपाल प्रगतिशिल किसान संघ, नेकपा संयुक्त निकट नेपाल किसान फेडेरेशन, सामुदाकिय बन उपभोक्ता महासंघ, राष्ट्रिय भूमि अधिकार मञ्च, राष्ट्रिय किसान महासंघ, लगायत १४ वटा संघ संगठन प्रमुखहरु मन्त्रालय पुगेका थिए ।

माओवादी केन्द्र निकट किसान संगठनको नेतृत्व गरेर गएका शिशुराम भण्डारी, महासचिव विष्णु प्रसाद चौधरी र सचिव नहेन्द्र खड्कालाई समेत आफ्नै मन्त्रीले भेट नदिएपछि अचम्मा परेका छन् ।