ललितपुर। माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल संघ संस्था तथा बैँक वित्तिय श्रमिक संघ कृषि मुल इकाई समितिले सात बुँदे माग राखि नेपाल कृषि अनुसन्धान परिसदमा तालावन्दी गरेका छन् ।

अहिले पाउँदै आएको रु. ३५० ज्याला जिल्लाको परिवर्तित ज्याला रु. ४८० अनुशार पाउनुपर्ने र कृषि मजदुरलाई आन्तरिक प्रतिस्पर्धाद्धरा स्थायी गराउनुपर्ने लगाएतका मागहरु रहेको आन्दोलनमा संलग्न राजु नेपालले जान्कारी दिए ।

आन्दोलनमा माओवादी केन्द्र निकट तिन सय भन्दा बढि मजदुरहरु र अन्य पार्टी निकट मजदुर संगठन संलग्न् छन् ।